गायिका मनमाया वाईबाको ‘लाहुरे दाईको पल्टने झोला’


काठमाडौं । पछिल्लो समय लोकप्रिय बढेसंगै ब्यस्त गायिका मनमाया वाईबाको नयाँ गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ ।
मौलीक र झ्याउरे भाकामा तयार भएको गीत गायिका मनमायाको आफ्नै अफिसिएल युट्युव च्यानल ‘मनमाया वाईबा’ मार्फत सार्वजनिक भएको हो ।
गीतमा गायिका मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको सुमधुर स्वर रहेको छ । ‘लाहुरे दाईको पल्टने झोला’लाई सर्जक तथा गायक रबिन लामिछानेले लेखेका हुन् भने गायक भण्डारीले लय शंकलन गरेका हुन् । जसमा सर्जक तथा गायक रबिन लामिछाने र गायिका मनमाया वाईबाको थेगो रहेको छ ।


यस गीत ‘लाहुरे दाईको पल्टने झोला’मा मिठा शब्दहरु छनौट गरिएको छ । जसमा हाम्रै गाउँघर पाखापखेरीका साथमा पल्टने लाहुरेको कुरालाई समावेश गरिएको छ भने निकै मौलीकपन झल्कने म्यूजिक भिडियो निर्माण गरिएको छ ।
सुरेश वाईबाले निर्माण गरेको उक्त भिडियोलाई नृत्य निर्देशक तथा मोडल उमेश गुरुङले निर्देशन गरेका छन् । जसमा मोडल रिना थापा मगर, रितु तामाङ, किस्मत तामाङ र सुरेश वाईबाको शसक्त अभिनय तथा नृत्य रहेको छ ।
उक्त गीतको म्यूजिक भिडियोलाई हरि नारायण चौधरीले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । गीत निकै राम्रो बनेकोमा गायिका मनमाया वाईबा ढुक्क रहेकी छन् । उनी भन्छिन्, ‘मौलीक परिवेशमा निमार्ण भएको यस झ्याउरे गीतले नेपाली दर्शक स्रोतालाई भरपुर मनोरञ्जन त प्रदान गर्ने नै छ भने फेरी एक पटक दर्शक–स्रोताहरुको मन जित्ने छु ।’

Published On: Time : 18:09:06  328पटक हेरिएको

तपाईको प्रतिक्रिया