एक नम्बर ट्रेण्डिङमा ‘मिस्टर झोले’

नेपाली कथानक चलचित्र मिस्टर झोले एक नम्बर ट्रेण्डिङमा रहेको छ । सिनेमा आर्ट एण्ड टेकेन खड्का प्रोडक्सनको प्रस्तुती रहेको फिल्म आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको थियो । हाइ टेक इन्टरटेनडमेडको यूट्युब च्यानलबाट सार्वजनिक भए लगतै ह्वातै भ्युअर तानिएका थिए । आइतबार सार्वजनिक गरिएको फिल्म बुधबार बेलुकीसम्म चार दिनमा २२ लाख २५ हजार बढीले हेरिसकेका छन् । यस फिल्ममा दयाहाङ राई, बर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रभिन खतिवडा, विजय बराल लगायतका अभिनय रहेको छ । लेखन तथा निर्दैशन रामबाबु गरुङको रहेको छ ।

Published On: Time : 17:56:45

तपाईको प्रतिक्रिया