गीतकार मदन सेलिङको ‘हिड कान्छि जाऊ बरु गाऔँ रमाइलो’ म्यूजिक भिडियो सार्वजनिक

काठमाण्डौ । गीतकार मदन सेलिङ लिम्बूको नयाँ गीत ‘हिड कान्छि जाऊ बरु गाऔँ रमाइलो’ यूट्यूब मार्फत सार्वजनिक भएको छ । मेरो अनलाइन टिभि च्यानलबाट भर्खरै सार्वजनिक भएको गीतमा गायिका मेलिना राई र सुनिल छिदलको स्वर रहेका छन् । उत्तमजंग लिम्बूको कम्पोज रहेको यस भिडियो जसु याक्खाले निर्देशन गरेका छन भने अञ्जु चौलागाई मदन सेलिङ लिम्बू र मिलन श्रेष्ठको अभिनय रहेको छ । मुकेश हुमागाईले छायाँङ्कन गरेका छन् । पूर्वेली लोकभाकामा निर्माण गरिएको यस गीतले युट्यूबमा प्रारम्भिक राम्रो प्रतिक्रिया पाईरहेको गीतकार लिम्बूले बताए ।

Published On: Time : 5:31:27  1350पटक हेरिएको

तपाईको प्रतिक्रिया