कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गएपछिको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा कमल सौरागको स्वर रहेको छ ।
अङगद देवकोटाको शब्द तथा पदम रोकायाको सङ्गीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । गीतको मिक्सिङ तथा रेकडिङ मनोज डंगोलले गरेका छन । गीतको रेकडिङ विग परिवेश स्टुडियोमा गरिएको छ । आफनी प्रेमीकालाई दुःखमा नरुनको लागी गायकले आग्रह गरेका छन ।

अमन बडुको छायाँकन तथा सम्पादन , केशवराज भटटको निर्देशन भिडियोमा रहेको छ । ‘नरोउ प्रिय’ गीतमा केशव राज भटट , विपना कार्की सितल, महेन्द्र गुरुङको अभिनय रहेको छ ।

Published On: Time : 11:46:09  249पटक हेरिएको

तपाईको प्रतिक्रिया