रक गायक सुदिप थकालीको ‘ओम शान्ति ओम’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम ” रकस्टार ”मा रहेको गित ‘ओम शान्ति ओम’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए । शस्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन्
ि
रक गायक सुदिप कुमार थकालीको आफ्नै शब्द तथा संगीत रहेको यस गीतमा शान्तिका संदेशहरु प्रबाह गरिएको छ िनियोन क्रियसनले भिडियोलाइ बजारमा लिएर आएको छ भने भिडियोमा गायक आफै तथा उनका ब्याण्ड मेम्बरलाई देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोले दर्शक स्रोताहरुको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले ओम शान्ति ओमू नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा बिश्वस्त छन् । साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाइ हेरेर दर्शक आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन् । आफू जहा रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै श्रोता दर्शकहरुको गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाटमा आउने उनी बताउछन ।

Published On: Time : 9:11:29

तपाईको प्रतिक्रिया