गायक पुरुषोतम दाहालको स्वरमा पप गीत ‘पातली’ सार्वजनिक

नेपाली सुगम सं छुट्टै पहिचान बनाउदै संगीत मा जम्दै गरेका गायक पुरुषोतम दाहालको स्वरमा रहेको नयाँ पप गीत “ पातली ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई मनपरेको युवतीलाई प्रेम प्रस्ताव गर्नको लागी गायक निकै हतारिएका छन । पुरुषोतम दाहालको शब्द तथा संगीतमा गीत तयार गरिएको छ। गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेको छ । नमराज घिमिरेको छायाँकन , शक्ति प्रज्वल घिमिरेको सम्पादन , रुपेश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीत “ पातली ” गीतमा ललित वस्नेत र करुणा डाँगीको फिचरिङ भिडियोमा रहेको छ ।

Published On: Time : 8:04:06  369पटक हेरिएको

तपाईको प्रतिक्रिया