नेपाल आइडल ‘ग्राण्ड फिनाले’ कतारमा सुरु ( लाइभ )

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’ को ‘ग्रान्ड फिनाले’ कतारको दोहामा सुरु भएको छ  ।
नेपाली समय अनुसार साँझ ८:४५ बजे दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलबाट प्रत्‍यक्ष प्रसारण हुने एपी वान टेलिभिजनका निर्देशक पौडेल नेपालले जानकारी दिएका थिए । तर निर्धारित समय भन्दा दुई घण्टा पछि मात्र सुरु भएको हो ।
आइडलको उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास भिड्दैछन्। आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको प्रस्तुति रहने छ।

 

Published On: Time : 16:39:45

तपाईको प्रतिक्रिया