गायक मादेनको ‘पछ्यौरी तिम्रो’ गीतको भिडियो सार्वजनिक

काठमाण्डौ । युवा गायक सुरज  मादेन लिम्बूको पछ्यौरी तिम्रो अल्झेकै हो की..गीतको भिडियो सार्वजनिक भएको छ । युट्यूब मार्फत सार्वजनिक गरिएको गीतमा गायक आफैले अभिनय गरेका छन् । उनलाई अस्मिताले साथ दिएकी छिन् । संगीतकार तारा प्रकाश लिम्बूको संगीत र टीपिएलको शब्द रहेको यस गीतको भिडियोमा पदम सुनुवारले निर्देशन गरेका छन भने नविन निरौलाले सम्पादन गरेका छन् ।
गायक लिम्बूको यस अघि दुई दर्जन गीत बजारमा आइसकेको छ ।

Published On: Time : 6:07:18  1257पटक हेरिएको

तपाईको प्रतिक्रिया