गायक तथा संगीतकार राजेन्द्र केरुङ को पहिलो एकल किरात सँस्कृतिमुलक भिडियो एल्बम (मिङ्सो) भर्खरै सार्वजनिक भएको छ। किरात याक्थुङ चुम्लुङ कि केन्द्रीय सचिब निरन्ती तुम्बापोले मिक्सो सार्वजनिक गरेका थिए ।
निर्देशक लोकेन साम्बाको निर्देशन रहेको उक्त एल्बम (मिङ्सो) मा फुङ इनु सेवा चोगिरो, आम्बेपज सुम्हात्लुङ,याक्थुङ्मा मिम , माङ्लाङनु केलाङ ९पालाम० र गायक राजेन्द्र को बायोग्राफी पनि समेटिएको छ।
सागर केरुङ,रानिटारे साइला, यादन नुनाम सेर्मा का शब्द हरुमा कुल्बा सुब्बा,यादन सेर्मा र गायक स्वयं कै सङितमा बनेको गीतहरुमा राजकुमार आङ्देम्बे, मौशम कन्दङ्वा, आयुस साम्बा,रबिना लिङ्देन, दिलिप केरुङ ,मेडिन कन्दङ्वा, मिना मादेन (नुमाफुङ), राजेन्द्र केरुङ ,माङ्साहाङ केरुङ, बौद्धमान केरुङ सुकरानी आङ्थुपो केरुङ लगायतको अभिनय हेर्न सकिन्छ।
सुमन योन्जन ,भुपेन्द्र सम्बाहाम्फेको छायाङ्कनमा शृङगार सोम मग्राती को रहेको छ । कल्पना योङ्हाङ द हाइलैन्ड आर्ट गोकर्ण,रुपा आङ्बुहाङ द सिक्वैन्स फेसन हाउस गोङ्गबुका मौलिक भेषभुशामा सजिएका छन भने सम्पादन निशान घिमिरेको रहेको छ।