प्रदेश नं. १ का जिल्लाहरु मध्ये एक सुन्दर जिल्ला हो पाँचथर । पाँँचथर साहित्य र सङ्गितको निक्कै उर्बर भुमी पनि हो । पाँचथरबाट साहित्य र संगीतमा निक्कै मुर्धन्य श्रष्टाहरु देशले पाएको छ । यहि मेसोमा पाँचथरे माटोमा उदाउदैछन उदय । पाँचथरको रानिटारमा बुबा भिम ब. नेम्बाङ र आमा बलमती (तुम्बापो) नेम्बाङको कोखबाट कान्छा छोरोको रुपमा जन्मिका उदयको शुरुवाती सङ्गीत प्रतिको लगाव निक्कै रोचक छ । रेडियोमा सुनेका गीतहरु नगाएको बिहे भोजहरु सायदै होलान रानिटार वरपर । ट्रयाकमा गाउने चलन चलेको थियो हसिलो मिजासका उनी सुनाउछन । गाउँघरमा हुने बिहे, बर्खी, विभिन्न मेलामा खुवै गाए उनले । रहरै रहरमा गाउँदा गाउदै सङ्गितको सागरमा डुबिसकेको पत्तै भएन उनलाई र झरे फिदिममा सङ्गीत सिक्न । तेतिबेला पाँचथरको साङ्गितिक आकाशमा एकछत्र राज गरिरहेको थियो बरदान सङ्गितालयले । २०६५ साल बाट उदयको औपचारिक सङ्गीत अध्ययन शुरु भयो त्यही बरदानमा । सङ्गीत सिक्दै स्थानियस्तरमा हुने विभिन्न कार्यक्रममा गीत गाईरहेका उदयले पाचथरे श्रोताबाट पाँचथरको स्वरसम्राट उपाधी समेत पाए । त्यही जोसमा उनले आधुनिक एल्बम उदय निकाले २०७९ सालमा । कुन फुल फुल्योन, यो धर्तिबाट हेर लगायतका केही गीत रामै्र चले पुर्वमा । त्यसपछि त पाँचथर, ताप्लेजुङ र ईलामको विभिन्न स्थानमा हुने साङ्गितिक कार्यक्रमहरुमा खुबै माग हुन थल्यो उदयको दर्शक, श्रोताबाट । दर्जनौ गीत रेकर्ड गरिसकेका उदयलाई पछिल्लो समयमा मेलिना राई र उनकै आवाजमा रेकर्ड गरिएको गित अप्सरा केही होईनले अझ ख्याती दिलाए । पुर्वमा प्रत्येक युवापुस्ताको ढुकढुकिमा रहेको यो गित पछि अहिले उनकै शब्द सङ्गित र स्वरमा रहेको राई सस्कृतिमा आधारित सायाबुङ चलचित्रको कोक्माए माथी गीतले बजार पिटिरहेको छ ।
भगिराज राईद्वारा निर्देशित चलचित्र सायाबुङ चलचित्रबाट पार्श्व सङ्गितमा हात हालेका उदयले यश चलचित्रमा अन्य संगीतकारसङ्ग सयुक्तरुपमा सङ्गीत भरेका छन । स्थानियस्तरमा आयोजना हुने विभिन्न गायन प्रतियोगितामा प्रायः निर्णायकको भुमिकामा देखिने उदय मोफसलमा बसेर सङ्गितिक क्षेत्रमा सङ्घर्ष गर्न गाह्रो हुने सत्यलाई स्वीकार्छन, भन्छन मोफसलको सबैभन्दा ठूलो रोग नै केन्द्रीकृत मानसिकता हो । र यो सत्यलाई स्वीकार्दै उनि काठ्माण्डौमै सघर्ष गर्ने मानसिकता तयार गर्दैछन । सङ्गितलाई विश्वकै एकमात्र सरल र पहिलो भाषा भनेर परिभाषित गर्ने उदय सङ्गितले आफुलाई पर्याप्त आत्मसन्तुष्टि दिएको बताउछन । पुर्वका श्रोताबाट अथाह माया पाएका उनले विभिन्न सघ, सस्थाबाट थुप्रै सम्मान पाएका छन । साङ्गितिक प्रेरणाको रुपमा आफ्नै सङ्गीत गुरु बुद्धराज ईङ्वालाई मान्ने उदय नारायणगोपाल, भक्तराज आचार्य, जगदित सिह, सोनु निगम र अर्जित सिह बाट निक्कै प्रभावित छन । सगित सम्बन्धी कानुन बनेपनी राज्यले केही नगरेको प्रती भने उनको गुनासो छ । उनी भन्छन सिआरबिटी, पिआरबिटी, पाईरेसी तगायतको विषयहरुमा प्रभावकारिता नहुदा कलाकारहरु अझै मारमा परिरहेको छन । कला र कलाकार देशको गहना भएकोले सरक्षण, सम्बर्धन र सम्मान राज्यले गर्नुपर्ने उनको तर्क छ । पाश्चात्य सङ्गीत , शास्त्रीय सङ्गीत विदेशी सङ्गीत भएकोले अबका पुस्ताले आफ्नै माटोको सङ्गीत खोज्नुपर्ने उनको भनाई छ । पालाम , ख्याली र मुन्धुम संगीतको स्रोतहुन यसबाटै फ्युजन गरेर अबको सङ्गीत सृजना गरिनुपर्छ उनी सुनाउछन । सङ्गितबाटै आफ्नो माटो गाउँ, ठाउँ र देशलाई पहिचान गराउने उदेश्य लिएका उदय दोस्रो एल्बमको समेत तयारिमा छन ।