किरात राई साँस्कृतिक कलाकार संघको चौथो राष्ट्रिय सम्मेलनको तयारी पुरा

rai kalakarदमक, ५ फाल्गुन–सङ्घीय गणराज्यमा किरातीको पहिचान, साँस्कृतिक संचेतना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ किराँत राई साँस्कृतिक कलाकार संघको चौथो राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।

यही फाल्गुन ७, ७ र ९ गते झपाको दमकमा हुने सम्मेलनको सम्पुर्ण तयारीको बारेमा विहिबार दमकमा आयोजक संस्थाले पत्रकार भेटघाट गरेर यस्तो जानकारी गराएको हो ।

किराँत राई साँस्कृतिक कलाकार संघका महासचिव एबम् सम्मेलन मुल आयोजक प्रचार—प्रसार समितिका संयोजक राजु एन राईको अध्यक्षतामा पत्रकार भेटघाट भएको थियो ।

सो अवसरमा उनले भाषा, धर्म, संस्कार–संस्कृति, लिपि र त्यसभित्र आफ्नो पहिचानलाई ज्यूदो वचाई राख्न किराँत राई साँस्कृतिक कलाकार संघको स्थपाना भएको वताए । उनले यो संघ कुनै राजनितिक पार्टीसंग नजिक नभएर सामाजिक र साँस्कृतिक अभियानमा किराँत राई यायोक्खा अन्र्तगत क्रियाशिल रहने जानकारी गराए ।

त्यस्तै, पत्रकार भेटघाटमा संघका सचिव शालिक ‘सतासक’ राईले सम्मेलनमा १४ वटा जिल्लासहित भारतको दार्जिलिङ, सिक्किम, आसाम र भुटानका २ सय ५० जना प्रतिनिधि र पर्यवेक्षयकको सहभागिता हुने वताए ।

रेडक्रस र किराँत भवनको प्राङगणमा हुने सम्मेलनलाई यायोक्खाका केन्द्रीय अध्यक्ष तीलक राईले उद्घाटन गर्ने उनले वताए । उनले सो अवसरमा किराँत राई जातिहरुको मौलिक भेष—भुषासहित गायन, नृत्य र अन्य कार्यक्रमहरु सम्पन्न हुने वताए ।

दमक–१२ मा रहेको किराँत भवनमा हुने वन्दसत्रले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । किराँत राई साँस्कृतिक कलाकार संघ झापाका अध्यक्ष भद्र राई, केन्द्रीय सदस्य कुशल राई, संघका झापा सदस्य सुजन राई, रचना राई, किराँत राई विद्यार्थी संघका केन्द्रीय सचिव सुशन राईलगायत कलाकर्मीहरु कार्यक्रम भप्य र सभ्य रुपमा सम्पन्न गर्न सक्रिय छन् ।

२०६४ सालमा काठमाण्डौं, ३०६७ मा धरान र ०७० मा मोरङको पथरीमा यसअघि किराँत राई साँस्कृतिक कलाकार संघले राष्टिय सम्मेलनहरु सम्पन्न गरिसकेका छन् । हालका अध्यक्ष लोकसंस्कृतिकर्मी एबम् पुर्वेलि चर्चित गायीका पार्वती राई छिन् ।

Published On: Time : 5:38:11

तपाईको प्रतिक्रिया