‘तिमि बिना’ को म्यूजिक भिडियो बजारमा

‘कस्तो माया दियौँ तिमिले बुझ्नै ग्राहो भो, मलाई तिमि बिना एक पल जिउँन पलपल ग्राहो भो’ गीतको मूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । गायक सुजन रसाईलीको स्वर रहेको यस गीतको शब्द र संगीत कमल खत्रीको रहेका छन् ।
अहिलेका चर्चित निर्देक विज्ञान राईको निर्देशन र सम्पादन रहेको यस भिडियोमा बर्षा सिवाकोटी, सुजन रसाइली, सहिल खान र मेसा नाइचाइले अभिनय गरेका छन् ।
अहिले बजारमा चलेको भन्दा फरक धारबाट यस म्यूजिक भिडियो मेहनत पूर्वक निर्माण गरिएकाले दर्शक, श्रोताले रुचाउनेमा आफु ढुक्क रहेको निर्देशक राईले बताए ।

Published On: Time : 3:49:15  730पटक हेरिएको

तपाईको प्रतिक्रिया