पाँचथरको जोरपोखरी छेउमा मदिरा पिएका केही युवाहरु खुकुरी हानाहान गरिरहेका देखेर मौशम आत्तिदै त्यहाँबाट भाग्छिन । केही छिनपछि महागुरु फाल्गुनन्दलाई लिएर आउछिन। खाडी को तावगा, हातमा त्रिशुल र कमन्डलु बोकेका महागुरु फाल्गुनन्द उर्जाशिल युवाहरु यसरी मदिरा र झैझगडा मा अल्झिएको त्यो कहाली लाग्दो दृश्य देखेर अति भाबुक हुँदै प्रत्येक को हात(हातमा एक एक फुलको थुङा राखिदिन्छन११ अनि गित सुरु हुन्छ ((फुङ इनु सेवा चोगिरो ,माङिल्ले माख्खी मेनाक्तुल्लो)
मौलिक कला सस्कृती ,भासा,साहित्य ,सङित मा आधारित किरात लिम्बू भासाको गीति भिडियो एल्बम ९मिङ्सो० को एक गित को सुटिङ हो यो। महागुरुको भेषमा राजकुमार आङ्देम्बे अभिनय गर्दै थिए भने साथमा मौशम कन्दङ्वा थिइन् ।
निर्देशक लोकेन साम्बा कलाकार हरु लाई एक्सनरकट भन्दै थिए भने यो दृश्य लाई क्यामेरा मा कैद गर्न ब्यस्त थिए अहिलेका ब्यस्त छाँयाकार सुमन योन्जन।
पुर्वान्चलका विभिन्न रमणिय स्थलहरु कन्याम, माइखोला, लब्रे, सिलौटी, फिदिम, जोरपोखरी , मेमेङ हुँदै माङ्सेबुङमा छायाङ्कन गरिएको ४ गीतहरु समेटिएको आफ्नो पहिलो एकल एल्बम अब चाडै श्रोता दर्शक माझ ल्याउदैछन गायक राजेन्द्र केरुङ ।
गीतकारहरु सागर केरुङ, रानिटारे साइला, यादन नुनाम सेर्माको शब्द मा कुल्बा सुब्बा, यादन नुनाम र एक आफ्नै सङिगत मा एकल स्वर दिएका छन भने एक पालाममा गायिका मनु नेम्बाङले साथ दिएकी छन।
याक्थुङ्मा मिम,फुङ इनु सेवा चोगिरो, आम्बेपज सुम्हात्लुङ र माङ्लाङ नु केलाङ (पालाम) गितहरु मा क्रमश राजेन्द्र केरुङ, नुमाफुङ मिना मादेन, दिलिप केरुङ, मेडिन कन्दङ्वा, राजकुमार आङ्देम्बे, मौशम कन्दङ्वा, आयुश साम्बा, रबिना लिङ्देन, साथै मिलन,नरेन्द्र,सोम लगायत का कलाकार हरुको अभिनय रहेको छ।