हरेक कलाकारले क्षमता अनुसार अवसर पाउँनु पर्छ: गीतकार पालुङवा

gita palungwa

झिसमिसे उज्यालो नहुदै गीता पालुङवा रेल स्टेशन पुगिसकेकी हुन्छिन् । अफिस समय भ्याउन जब हरेक बिहानी हरतारिदै रेल स्टेशन पुग्छिन् तब ताप्लेजुङको गाउँमा रहँदा हतारिँदै मेला पात गएको याद झलझली आउँछ । एक छिन् नोस्टाल्जिक हुन्छिन् अनि रेल चढ्छिन् । अफिस पुग्छिन पुनः सुरु हुन्छ उहि दैनिकी ।
हङ्कङको व्यस्त सेडुअलमा पालुङवाको दैनिकी यहि मात्र छैन । उनी थुप्प्रै चलेका गीतहरुको सर्जक, मोडल र समाजसेवी समेत भएकाले त्यसको लागि पनि समय व्यवस्थापन गर्नु पर्छ । ‘अब त तिमीले नभेटे पनि भो’, ‘म जलेर खरनी भए’ँ जस्ता चर्चित गीत बाँडिसकेकी गीतकार गीता पालुङवा दोखु–८ ताप्लेजुङमा जन्मिएकी हुन् । एसएलसी पास गरेसंगै हङकङ हान्निएकी गीता हङकङमै बसेर नेपालीहरुको मन छुने गीत लेख्छिन्, नेपाल आउँछिन, संगीत भर्छिन, विभिन्न गायक गायिकाको आवाजमा सजाउँछिन अनि आफ्ना श्रोताको मनमा सुटुक्क बास बस्न पुग्छिन । अब भने बास मात्र होइन डेरा नै जमाउने मन छ त्यसैले तयारी गर्दैछिन लिम्वू भाषाको गीति एल्बम “हाङनेइल्ले–२” ।

gita2
ताप्लेजुङ सदरमुकामको नामी स्कुल भानु मावि मा उनका पिता तुलशी पालुङवा शिक्षक थिए । बुवा कलाकार पनि भएकाले विभिन्न कार्यक्रमहरुमा पीतासंगै ताप्लेजुङमा हुने विभिन्न कार्यक्रमहरुमा गएको सम्झना छ उनीसंग ।
‘लैजा चरी‘ लोक आधुनिक ‘प्रसंसा’ र ‘जिन्दगीको यात्रा’ आधुनिक ‘हाङनेइल्ले’ लिम्वू भाषा गरी ४ ओटा गीति संग्रह बजारमा ल्याइसकेकी छिन् ।
गीतकार हुनुमा थुप्प्रै गीतकारको भन्दा उनको बेग्लै तर मार्मिक पृष्ठभूमि छ । उनी नेपाल बारम्बार आइरहन्थिन । ओहोरदोहरकै क्रममा एक दिन काठमाण्डौको एउटा दोहोरी साँझमा छिरीन् । नाचिन, गाइन तर त्यहाँ आउँने आम ग्राहकहरु भन्दा उनले भिन्न अनुभूति संगालिन । स्टेजमा गाइरहेका गायक गायिकाको गलाले उनलाई खिच्यो । यति राम्रो क्षमता भएर पनि दोहोरीको स्टेजमा मात्रै सिमित भएका कलाकारहरुले क्षमता अनुसार स्थान पाउन सकेका छैनन् भन्ने महसुस गरिन । त्यसपछि आफ्ना डायरीबाट साथीभाईसंग मिलेर गीतहरु छानिन् त्यसपछि जन्मियो “लैजा चरी” गीति एलवम, जसमा दोहोरीका गायक गायिकाको आवाज राखेकीछिन् । त्यसपछि त गीतकार बन्न उनको बाध्यता पो आइलाग्यो । शुभचिन्तक र साथीभाइहरुले सोधिखोजी गर्न थाले । अर्को गीत, एल्वम कहिले आउँछ ? झक्झक्याउन थाले । त्यसपछि क्रमश थपिँदै जान थाल्यो गीति संग्रहहरु । यद्यपी हाङनेइल्ले आइसकेपछि आपूmलाई साँच्चि नै गीतकारको रुपमा स्थापित गरएको उनको बुझाइ छ ।

gita1
गीतसंगै पालुङवाको मोडलिङ करियर पनि जम्यो एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । गायिका मनु नेम्बाङले जवर्जस्ती मोडल बनाएकी हुन्, मज्जाले हाँस्दै खुलाईन मोडलिङमा लाग्नुको रहस्य । देवकुमार चौधरी, मनु नेम्वाङ, सीता सिङ्घक, यासेलि योङहाङ र दीपक लिम्वू जस्ता ख्याती प्राप्त कलाकारहरुसंग काम गरिसकेकी गीतकार गीता आपूmलाई गीतकार हुँ भन्न अझै लाज लाग्ने बताउँछिन् । भन्छिन् “म त गीत लेख्न सिक्दै गरेकी एक सिकारु हँु, नेपालमा साँच्चै राम्रा–राम्रा गीतकारहरु छन् ।”
उनी भाषालाई एउटा शक्तिको रुपमा लिन्छिन् । हङकङमा चाइनिज गीतहरु बजिरहेको सुन्दा भाषा नबुझे पनि उनलाई मिठो लाग्दोरहेछ । नेपाली, लिम्वू लगायत अन्य भाषाहरुलाई पनि संगीतको माध्यमबाट विश्व सामू पु¥याउन सकिन्छ, संगीतबाट धेरै गर्न सकिन्छ । जब नेपाली बच्चाहरुले प्रवाशमा राम्रोसंग नेपाली भाषा नै बोल्न जान्दैनन् तब उनलाई खुव चित्त दुख्छ । त्यसैले उनी आफ्नो भाषा, धर्म, संस्कार, संस्कृती र पहिचानलाई अगाध प्रेम गर्छिन् । भन्छिन् “आफ्नो भाषा, संस्कृती र पहिचानको लागि सवैले आ–आफ्नै क्षेत्रबाट केही न केही गर्नै पर्छ । जस्तो गीत, संगीत, साहित्य, राजनीति आदि सबै क्षेत्रबाट ।” “फूङ पोखाआङ् थे पोखेबे, केधेकेओ मेखिम्साङ,–पूmल भएर के भो तिम्रो सिउँदोमा सजिन सक्दिन” जस्ता मन छुने गीत रचना गर्ने गीता लिम्वू र नेपाली दुवै भाषामा गीत शिर्जना गर्नु उस्तै ठान्छिन् । यद्यपी गीत लेख्न भने सजिलो नहुने बताउने उनी गीत लेख्नको लागि थुप्रै अध्ययन गर्नु पर्ने तर्क गर्छिन् । अब लिम्वू भाषाका गीतहरुलाई निरन्तरता दिने उनको सोचाइसंगै छिट्टै हाङनेइल्ले–२ श्रोता माझ ल्याउने तयारी जुटिरहेकी छिन् ।

gita 3
एक छोरीकी आमा गीता समाज सेवामा पनि उत्तिकै सक्रिय रहेकि छिन् । किरात याक्थुङ चुम्लुङ हङकङबाट भखरै जिम्मेवारी छाडेकी उनी ताप्लेजुङ समाज हङकङकी उपाध्क्ष समेत हुन भने याक्थुङ आर्टिष्ट सोसाइटीमा पनि आवद्ध रहेकि छिन् ।
आफ्नो जिल्लाको लागि केही गर्ने उनको इच्छा छ । नेपालको संगीतकर्मीहरुसंग उति धेरै उठवस नभए पनि नेपाली सांगीतिक क्षेत्र तुलनात्मक रुपमा समृद्ध हुँदै गइरहेको उनको ठम्याई छ । साइवर क्राइमको शिकार समेत भएकी उनी त्यस विषयमा प्रसंग उठ्नु बितिकै उनी आक्रोशित भइहाल्छिन् । भन्छिन् मुद्दा चलिरहेको छ । त्यस्ता गलत प्रवृतिका मानिसलाई माफी दिन नहुने उनको बुझाइ छ । उनले चर्कै स्वारमा भनिन तिनीहरु समाजका भाइरस हुन् । नेपाल फर्केपछि व्यवसायी बन्ने र सकेसम्म महिलाहरुलाई रोजगार दिने लक्ष्य लिएकी गीतकार, मोडल तथा समाजसेवी गीता पालुङवा हाल श्रीमान र एक छोरीसंगै कौलन हङकङकी स्थायी वासिन्दा हुन् ।

16142318_1192295840824104_2392098509403479496_n

Published On: Time : 5:05:14

तपाईको प्रतिक्रिया