‘छक्कापन्जा’ चलचित्रले दिएको सन्देश

न्यूर्याेक । नेपाली चलचित्र इतिहासमा हास्य प्रधान चलचित्र छक्कापन्जा धेरै हिसाबले सम्झनै पर्ने चलचित्र मध्येको एक भएको छ । पहिलो त यसले नेपालमा निक्कै राम्रो व्यापार गर्यो । त्यो भन्दा पनि विशेष चलचित्र विदेशतिर धमाधम लागि रहेको बेला पाइरेसी भयो । पाइरेसी भएपछि डिजिटल अधिकार लिएका हाइलाइटले हतारहतार युट्युबमा यो चलचित्र सार्वजनिक गर्यो यति मात्र होइन पारेसीका आरोप लागेका एक किशोरले आत्महत्या नै गरे । छक्कापन्जाका यी अनेक घटनाले नेपालको चलचित्र बजार केहि साता निक्कै तात्यो । निर्माताहरुले गरेको सर्वाधिक कमाईको दाबी अर्को विषय रहेको छ । यति धेरै चर्चामा रहेको यो चलचित्रको खास सन्देश के छ त ? यस बारे यहाँ छोटो चर्चा गरिएको छ ।
कथा चरित्रमा पात्र राजा भनेर चिनिने दिपकराज गिरीका बावुलाई क्रान्तिकारी विद्रोहीले (माओवादी भन्न खोजेका छन्) ले मारेका हुन्छन् । पश्चिम नेपालका उनीहरु बाबु मरेपछि विस्थापित भएर पूर्वी नेपालको पहाडी बस्तीमा स्थापित हुन्छन् । आमाको भुमिकामा बसुन्धारा भुसालछिन् र छोराको भुमिकामा दिपकराज गिरी (राजा) हुन्छन् । विस्थापित भएर आएपनि उनीहरुको घर गाउँभरीकै भब्य हुन्छ । गाउँमा खेतबारी सवै भएको सम्पन्न परिवार देखाइएको छ । खेतबारीमा काम गरिदिने नोकरको रुपमा एक जोईपोईलाई छुट्टै सानो घरमा बसोबास ब्यवस्था मिलाईदिएका हुन्छन् ।
बाबुको पृष्ठभुमी कस्तो हो भनेर नखुलाईए पनि उनका बाबु शोसक सामन्ती थिए भन्ने अन्दाज लगाउन सकिन्छ । किनभने राजाहरु विस्थापित भएरपनि बाबुको धनले टन्नै सम्पत्ती जोडेका हुन्छन् । गाउँका आवारा केटाहरु राजाले साथी बनाएका छन् । आवारा साथीहरुका लागि समेत राजा आफैले फजुल खर्चको ब्यवस्था मिलाएका हुन्छन् । क्याराम्बोर्ड खेल्नेदेखि लिएर रक्सी खानेसम्मको ब्यवस्था मिलाएका हुन्छन् । उनले स्थानीय प्रहरी चौकीका ईन्चार्जलाई समेत बेला मौकामा खाजापानी गराउने गरेको दृष्य छ । त्यसैले राजा र आवारा केटाहरुले गरेको गल्तीलाई समेत प्रहरीले वास्ता गर्दैनन् । बाबु शोसक भएकै कारण छोरा राजाले पनि आवाराको लाईन समाएको भान हुन्छ ।
अर्को प्रसंगमा कतिपय विदेशमा भएका श्रीमानहरुका श्रीमतीहरु आवारा केटाहरुसंग लसपस हुने विषयलाई पनि यहाँ उजागर गरेका छन् । डिभि परेर अमेरिका पुगेका श्रीमान शिवहरी पौडेल (अदित) को नेपालमा रहेकी श्रीमतीसंग राजाको लसपस रहेको चित्रण छ । राजासंग अवैध सम्बन्धमा रहेपछि केटीले अमेरिकामा भएको श्रीमान छोडेर राजासंगै बिवाहगर्ने पक्षमाहुन्छिन् । तर आवारा राजाले यसलाई टाईमपासको रुपमालिएका हुन्छन् । यसले के बुझाउँछ भने केटी मानिस जोसंग लसपस भयो उहीसंग विवाह गर्न चाहन्छन् तर केटा आवाराहरु वास्ता गर्दैनन् भन्ने बुझाउन खोजेका छन् ।
अदित आवारा साथीहरुबीचकै एक साथी हुन् । अदित अमेरिकाबाट फर्किदा आफ्नो श्रीमती राजासंग लसपस भएको थाहा पाउँछन् । श्रीमतीसंग लसपस भएको थाहापाएर अदितले जुक्तीनिकालेर बदलालिने निर्णय गर्छन । अदित नेपाल आएपनि गाउँका कोही आवारा साथीभाईसंग देखा पर्दैनन् । अदित र प्रियंकाकार्की (चम्पा) बीच मिलेर भित्रभित्रै सेटिङ हुन्छ । सेटिङ अनुसार राजासंग चम्पाको विवाहहुन्छ । विवाहभएपनि राजा र चम्पाजोईपोईमा विविध सर्तका कारण आपसमा शारीरिक सम्बन्धभएको हुँदैन । तर पनि राजालाई चम्पाले आवाराबाट सुधार्न भने सफल हुन्छिन् । यतिमात्र नभएर चम्पा गाउँभरीकै लागि आदर्श ब्यक्तित्व बन्छिन् ।
राजासुध्रिएपछि जबहाँसिखुसी जिवनयापनगर्ने तरखरमा हुन्छन् । यतिकैमा अदितसँग राजाको श्रीमती चम्पा पैला जान्छिन् । यसले राजालाई ठूलो चोट पुग्छ । लामो खोजतलास पछि राजाले चम्पा र अदितबीच विवाह भइरहेको ठाउँमा फेला पार्छन् । यतिबेला मात्र अदितले राजालाई जवाफ दिन्छन् । मेरो श्रीमतीसँग तैंले लसपस गर्दा मेरो मन कस्तो भो तलाई अनुभुती गराउन हामी (चम्पा र अदित) ले सल्लाह गरेरै त र चम्पा बीच बनावटी विवाह गराएका हौं । यो सुनेर राजा र अरुसबै छक्क पर्छन् । त्यसपछि राजाले अदितको श्रीमतीलाई जिम्मा लिन कर लाग्छ ।


चलचित्रमा अन्य धेरै शन्देश मुलक दृष्यहरु छन् । राजाको लवजले पश्चिम नेपालको प्रतिनिधित्व गराउन खोजेको अनुभुतहुन्छ । सम्पत्तीको लोभमा अनमेल विवाह गरिने चलन, वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता र यसले निम्त्यएको समस्या पनि रोचकपक्ष छन् । छोरी मान्छेले पहिलो पटक लगाएको सिन्दुरलाई मात्र मान्यता दिने चलन तोडिनु । नारी पुरुष समानता देखाउन खोजिएको पक्षपनि राम्रा छन् । राजालाई सुधार्न चम्पाले खेलेको भुमिका उस्तै नयाँपन छ । केदार घिमिरे (माङने) गरिव भएको कारण मृगौला विक्री गरी आमालाई उपचार खर्च जुटाएको प्रशंग मार्मिक छ । अन्य धेरै पक्षहरुले चलचित्रलाई आकर्षक बनाएको छ । त्यसमा हास्यकलाकारहरु धेरै भएकाले बेलामौकामा रिफ्रेस गराउने क्लिप्सहरु पनि हालिएका छन् । केही असहजखालका दृष्यहरु प्नि छन् । जस्तो तामाङ समुदायको संस्कृती प्रतिनिधित्व भए पनि तामाङप्रतिखास सकारात्मक नदेखाईनु अलिकअसहज पाटा छन् । मुख्यकलाकार बाहेक केदार घिमिरे, बुद्धी तामाङ, बसुन्धरा भुसाल, जीतु नेपाल, वर्षा सापकोटा, नम्रता राउतलगायतको पनिभुमिका राम्रो छ । त्यसैगरी निर्देशक दिपाश्री निरौला, कथा दिपकराज गिरीको सबै ठाउँ राम्रो मेहनत देखिन्छ ।
समग्रमा छक्कापन्जा चलचित्र वर्तमान नेपाली जनजीजनमा घट्ने परिघट्ना मध्येको एक कथा हो । यहाँ कुनै छक्कापन्जा नगरी कथालाई चित्रण गर्न सफलभएको छ । पहिले पहिले चलचित्र हिट हुनका लागि उडेर फाईट गरेको दृष्य नराखे दर्शकै भेला गर्न सक्दैनथ्यो । हिरो र हिरोनी चिटिक्क परेर देखान परे कस्तो घिनलाग्दो भन्थ्यौं । आजकालको चलचित्रहरुले साँचैनै ट्रेन बदल्दैछ भन्ने भान हुन्छ । केही समय अघि सफल भएको रामबहादुर गुरुङद्वारा निर्देशित चलचित्र कबड्डी कबड्डीकै सैलीमा चलचित्र छक्कापन्जा बने ।
निर्माणपक्ष हेर्दा, अधिकांश चलचित्र सफलहुनका लागि खर्च ज्यादा गरेर निर्माण गरेको देखिन्छ । हलिउड र बलिउडमा त खर्च ज्यादानगरी चलचित्र हिट सायदै भएको छ । नेपाली चलचित्रमा समेत चलचित्रनिर्माण गर्दा खर्च गर्नुपर्छ भन्ने मान्यताले निर्माता निर्देशकलाई गाँजेको छ । यो खर्च गर्ने मान्यतालाई समेत चुनौतीहो छक्कापन्जा चलचित्र । वास्तवमा चलचित्र भनेको नौलो शन्देश दिन र सन्तुष्टी पाउनका लागि बनाईनुपर्छ । यसका लागि अनावश्यक खर्च गरिनु कुनै अर्थमा फलदायी हुँदैन । छक्कापन्जा निर्माणमा खास खर्च कती भयो त्यो त निर्मातालाई मात्र थाहा हुने विषय हो । तर दर्शकको दृष्टीले आँकलन गर्ने हो भने अन्य अधिकांश नेपालीचलचित्रको तुलनामा अत्यन्तै न्युनतम खर्चमा निर्माण भएको मान्न सकिन्छ ।
पाइरेसी र आत्महत्याले यो चलचित्र निर्माण टिमलाई ठूलै सकस आइपरेको भएपनि, सफल नेपाली चलचित्रको लहरमा एउटा अर्को सफल चलचित्रको नाम दर्ज भएको छ ।

Published On: Time : 1:38:05  758पटक हेरिएको

तपाईको प्रतिक्रिया