कोरियाको राजदरबारमा नेपाली म्युजिक भिडियो छायांकन

15216142_10208059768914579_168135863_oद.कोरिया । कोरियाको पर्यटकिय स्थल ग्वाङ्ह्वामुन राजदरबार र नाक्सान पार्कमा नेपाली म्यूजिक भिडियोको छायाङ्कन गरिएको छ । गीतकार रोजी लाबुङ राईको गीत नयनभरी सजाई राखुँ भन्थे तिमीलाई बोलका गीतको छायाँकन भएको हो । यस गीतमा संगीतकार बसन्त सापकोटा रहेका छन भने गायक स्वरुपराज आचार्यको स्वर रहेको छ ।

पच्छिलो समय परदेशको व्यस्त समय र समस्याको बाब्जुद पनि नेपाली कला साहित्य ,गीत, संगीतप्रती मरी मेट्ने नेपाली युवाहरुको योग्दान अतुलनिय छ । कोरियालाई कर्म क्षेत्र बनाएर बसेका जनजीवनलाई भिडियोमा उतार्ने प्रयास गरिएका निर्देशक हाङ चेम्जोङले बताए । उनले भने मलाई यो गीतको शब्द संगीत र आवाज अत्यन्तै मन परेकोले भिडियो बनाउन उर्जा मिल्यो’ । उक्त म्युजिक भिडियोमा माया, प्रेम, दुःख ,सुखसाथै प्रदेशिएका नेपालीहरु कथा प्रस्तुत गरिएको छ । यस भिडियोमा हिमानी गुरुङ, समिर गुरुङ र हाङ चेम्जोङले अभिनय गरेका छन् ।

Published On: Time : 16:43:19

तपाईको प्रतिक्रिया