स्टेज बाघ बन्दै गायक सचिन

tudikhe

भर्खरै हङकङ र मलेसियाको कन्सर्ट सकेर काठमाण्डौ ओर्लिएका गायक सचिन राईलाई थकाई मार्ने फुर्सद छैन । कहिले खादबारीतिर रातो पल्सरमा हुईकीरहेका हुन्छन् । कहिले पश्चिमतिरका विमानस्थलको प्रतिक्षालयमा भेटिन्छन । केही साता यता भने सचिन पूर्वका विभिन्न जिल्लाहरुमा धमका मच्चाइरहेका छन् । किरात राई पत्रकार संघको आयोजनामा पूर्वाञ्चलको विभिन्न १३ ठाउँमा वृतचित्र यात्रा जारी छ । संगै सचिनको सांगितिक प्रस्तुती पनि जोडिएका छन् । दमदार स्वरका धनी सचिन जब मञ्चमा चढेर प्रस्तुती सुरु गर्छन । दर्शकहरु हुटिङ नलगाई बस्नै सक्दैनन् । इलाम, झापा र मोरङका प्रस्तुतीमा दर्शकको अपार साथ पाएपछि । धरानमा प्रस्तुती दिने तयारीमा रहेका सचिन बुधबार बुढासुब्बामा भेटिए । पूर्वमा भइरहेका प्रस्तुतीबारे उनले भने “एउटा कलाकारको भविष्य दर्शक र श्रोताको साथमा अडिएको हुन्छ । दर्शकहरुबाट पाउनु पर्ने जुन साथ र माया त्यसको कुनै कमि छैन । त्यसैले उत्साहित भएको छु ।”
ओपनिङ एल्बम ‘सुगम स्टार’ बजारमा ल्याइसकेका सचिनसंग राष्ट्रिय तथा स्थानीय आधा दर्जन जति गायन प्रतियोगितामा सफलता चुमेको अनुभाव छ ।
प्रथम खोटाङ सुगम स्टार विजेता सचिन ‘नेपाल आइडल–२०७० को उपविजेता हुन । पूर्वाञ्चल आइडल’को उत्कृष्ट दशमा पुगेका उनी नेपाल टेलिभिजनबाट प्रसारित ‘खोजी प्रतिभा सिजन–१’ मा समेत सहभागी बनेका थिए ।
सानो होस या ठूलो हरेक मान्छेका लागि पहिलो सफलता विशेष मात्र होइन अविस्मरणीय पनि हुन्छ । त्यसैले त उनले पहिलो एल्बमको न्वरान गरे ‘सुगम स्टार ’ रामधन वेदनाको रचनामा रहेको शीर्ष गीत ‘म हुँ सुगम स्टार’ बाट सुरु भएको एल्बममा गीतकार टीका चाम्लिङ, हर्क राई, प्रेम सापकोटाको शब्द समेटिएको छ । एल्बममा ‘अनौठो माया हाम्रो’, ‘अल्लारे बैँस ढल्केर जाला’, ‘कसम ढाँट्या होइन’ बोलका गीत छन् । विनोद खम्बु, ओमप्रकाश राई, अशोक राई र विपिन आचार्यको संगीत छ । रिभेन्ज म्युजिक क्रिएसनले गीति एलबमलाई बजारमा ल्याएको हो । एल्बमपछि बजारमा ल्याएका सचिनका गीतहरु, यो विहानीले बोलाउँदैछ, रुपैरुपको भिड्डमा, जिन्दगी ओ जिन्दगी दर्शकले खुब रुचाएका छन् । हर्क राईको रचना रहेको यो विहानीले बोलको गीत आदिबासी जागरण गीत हो भने सुमाया राईको रचना रहेको रुपैरुपको भिडमा रोमाञ्चित गीत हुन । रेडियो, टेलिभिजनमा गीत सुन्ने हेर्ने भन्दा पनि कन्सर्ट कल्चर मौलाएको बेला सचिनको सबल पक्ष भनेकै स्टेजमा चढेपछि दर्शकहरुको फरमाईस अनुसार जतिपनि गीत गाउँन सक्ने क्षमता नै हो । त्यसैले बजारमा उनको माग ह्रवातै बढेको छ ।

Published On: Time : 5:54:45

तपाईको प्रतिक्रिया