दर्शकले रुचाए ‘पुरानो डुङ्गा’

15192569_10209651018946010_5807281344201533674_n

आजबाट दुई नेपाली चलचित्र रिलिज भएका छन् । माओत्से गुरुङको कथा, उपेन्द्र सुब्बा र रामबाबु गुरुङको स्कृप्त तथा रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘पुरानो डुङ्गा’ कबड्डी तथा यसको सिक्वेलमा झैं रिलिज भएको पहिलो दिन दर्शकको राम्रो उपस्थिति रह्रयो ।

चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेको छ । यो चलचित्रको ‘नीर जहिले रिसाउने’ बोलको गीत यस अघि नै यूट्रयूबमा निकै चर्चामा थियो ।

आजबाटै अर्को चलचित्र ‘मेन्टल’ पनि रिलिज भएको छ । आजैबाट बलिउड ‘डीयर जिन्दगी’ पनि हलमा भिडिरहेका छन् ।

Published On: Time : 12:32:12

तपाईको प्रतिक्रिया