क्रेजी इन्टरटेइमेन्टको अर्को म्यूजिक भिडियो आउँदै

hamlai-2पथरी, ३ मंसिर । गायक नन्दु गुरुङको ‘हाम्लाई पनि…’ गीतको म्यूजिक भिडियोको छायांकन सकिएको छ । मोरङको जाँते–१, डाँडा गाउँमा खिचिएको उक्त गीतको रचना÷संगीत देव गुरुङ, एरेन्ज पविधन खालिङले गरेका छन् ।
क्रेजी इन्टरटेइमेन्टको व्यानरमा निर्मित सो म्यूजिक भिडियो भूपेन्द्र तुम्वाहाम्फेको छायांकन र सन्तोष राईको निर्देशन रहेको छ । ‘जमर्काे’ गीति एल्वममा समाविष्ट उक्त गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा अन्य कलाकारहरुमा करण धिताल, पुकार राई, जीवन सुवेदी, दीपक खालिङ, सन्तोष राई बी, फिपराज बेघाले पनि अभिनय गरेका छन् । भिडियोमा नृत्यका पार्टहरु पनि राखिएकोले अभिषेक मगरको कोरियोग्राफ रहेको छ । ‘भिडियो गाउँले परिवेशको रहनसहनलाई कैद गरिएको र छिट्टै नै युट्युव र टेलिभिजन मार्फत् सार्वजनिक गरिने निर्देशक राई बताए ।hamlai-pani-9

Published On: Time : 12:56:33

तपाईको प्रतिक्रिया