ब्रेस्टपनि पछि परेको छ, केटाहरु बमनै हेर्छन् –सरस्वति लामा, गायिका

lama12

पाइन्ट, टिसर्ट र भ्यान चप्पलमा स्कुटीमा यसरीनै कोही हुईकिइरहेको छ भने सायद उनि सरस्वति लामानै हुनसक्छीन् । हेलमेट बाहिर छरपस्टिएको जो कपाल छ, हावामा नाचिरहेको छ । प्राय यसरीनै भेट्न र हेर्न पाईन्छ उनलाई । मिठो खान, मिठो लाउन, सुन्न र हेर्न पनि पछि परेकी छैनन् । पैसाको नो फिक्री । शहरको चौकहरुमा एटिएम मेशिनहरु खडा छन् उनलाई बोलाइरहने । शहरको सवै आनन्द बटुलेकी युवति हुन् गायिका सरस्वति लामा । हंसीली लामाले जोकसैलाई आफूमा लठ्याई दिन सक्छिन् । बिना संकोच फटाफट बोल्ने बानी छ जो उनिसंग । किनत, यसको उत्तर विन्दास भन्छिन् सायद सवैको मन चोर्ने खालको भएर होला । शनिवार अनामनगर पूर्वी गेटमा यसरीनै यहि लवजमा युुएफसी क्याफेमा हावाको वेगझै आइपुगिन् ।

 

अरुको बालै भएन
सवैले युवतिको अंगको प्रशंषा गरे । बदामी आंखा भने कसैले सुनकेस्रा ओंठ भने, ब्रेस्टलाई अनारदाना भने तर युवतिको हिपलाई भने नाम दिएनन् । यसको नाम कतै सुन्न पाइएको छैन । एक जनाले हांसो ठट्टामा केराको दाम्चा (थम्वा) भनेर नयां शब्द थपिदिए । त्यसरीनै अहिले युवतिको हिपलाई त्यसरीनै भनेको सुन्न पाईन्छ । जसलाई अंग्रेजीमा भने हिप वा बम भन्ने गरिन्छ । त्यस्तै सुन्दर बमकी धनी हुन गायीका सरस्वति लामा । यसले उनको गायकीमा थप सौन्दर्य थपेको बुझ्न कठिन नहोला । आफ्नो बममा अरुको ध्यान गएको उनलाई राम्रै थाहा छ । त्यसमै मख्ख पनि छिन् । कुरा काट्नेलाई उनको स्पष्ट जवाफ छ– “मलाई अरुको वालै भएन।”

 

मेरो बममा केटाहरुको नजर
आजकल पुरुषहरु युवतिको अनुहार हेर्नै छाडेको छनक छ उनलाई । भन्छिन् -“पहिले पहिले केटाहरु अनुहार हेर्थे तर अहिले भने ब्रेस्ट र बम हेर्छन् ।” अझ खुलेर भन्छिन् -“ब्रेस्टपनि पछि परेको छ केटाहरुको लागि, बमनै हेर्छन् ।” साडीमा सजीदा झनै पुरुषहरु घुमी घुमी आफ्नो बम हेर्ने गरेको उनि बताउंछिन् । उनि थप्छीन् -“साडीमा झुल्कीदा कुनैपनि युवतिको बम झनै आकर्षक देखिएको हुन्छ ।” त्यसले झनै पुरुषलाई आकर्षित गराउने उनले बताईन् । भन्छिन् -“अनुभवीहरु केटाहरु बढी युवतिहरुको बममानै नजर लाउंछन् ।”

 

लामाको हस्की भ्वाइस
गायिका लामाको भ्वाइस मिठो छ । उनको आवाजमा दम छ । पुरुषमा तन्नेरी भन्न मिल्छ भने हस्की आवाजलाई ठेट नेपालीमा तरुनी आवाज भन्दा अत्युक्ति नहोला । हस्की आवाजले उनलाई खुबै साथ दिएको छ । उनको प्रस्तुति पनि कम छैन् । उनको हार्ड प्रस्तुति उनलाई निकै खुल्छ । शारिरीक रुपमा बमले खुवै साथ दिएको छ । उनि यसलाई गड गिफ्ट मान्छीन् ।

 

पर्फमेन्स तयारी
स्टेजमा गितसंगै गायन र कलाकारको सवै अंग्र प्रत्यंग दर्शकले सुन्ने र हेर्ने भएकोले पर्फमेन्समा सवै ध्यान दिनुपर्ने उनि बताउंछिन् । त्यसैले उनको पर्फमेन्सले सवैको मुखबाट वाह शब्द जो कसैलाई फुत्काई छाड्ने बनाईदिन्छ । उनि स्टेज चढ्न अघि आवश्यक पहिरण देखी एसेसोरीजको पनि खुवै ख्याल गर्छिन् । शिरदेखी पैतालासम्म ख्याल गर्छिन् । अन्तराष्ट्रिय रक र पपमा स्थापित कलाकारको एसेसोरीजलाई खोजेरै भएपनि आफ्ना प्रस्तुतिमा प्रयोग गर्छिन् । अनि मात्र स्टेजमा गर्जिन्छिन् ।

llllll

युट्युवले हौसायो
पछिल्लो छिमलमा रक गितमा जम्न थालेकी युवति हुन् सरस्वति लामा । युट्युवमा भर्खरै रिलिज गरिएको “उडाइ लाने हावाले” बोलको गितले महिना दिनमै अढाई लाख भ्युअर बटुलेपछि भने उनि फुरुंग बनेकी छिन् । उनले आफ्नो गितलाई आफै शब्द कोरेकी हुन् । कम्पोज पनि आफै गरेकी हुन् । यस बाहेक भिडियो निर्र्देशन पनि स्वयंले गरेकी हुन् । यसरी युट्युवमा एकाएक भ्युअर बढेपछि आफूपनि सफल भएको उनलाई लागेको छ । भन्छिन् म भित्र पनि दम रैछ । हांस्दै भन्छिन् बम मात्र हैन दम पनि छ ।

 

केटाहरुलाई स्क्यान
केटाहरुले आफूलाई हेर्दा आनन्द लाग्ने उनको भनाई छ । प्राय केटाहरुको नजर ममा परेकै हुन्छ । यदि परेन भने उनलाई कस्तो कस्तो लाग्छ भन्छिन् -“म केटी होईनकी के हो ?” उनि चाहन्छिन् सकेसम्म केटाहरुले उनलाई हेरोस् । प्रष्ट्याउंछिन् -“नत्र मेरो के अर्थ वा त्यो केटानै हैननी” उनि निर्धक्क भन्छिन् । केटा भएर केटीलाईनै हेरेन भने त्यसको के काम उनि बोल्ड तर्क गर्छिन् -“बरु हिम्मतवाला चांही हुनुपयो, लारेलुरेको काम छैन ।” अझ खुलेरे थप्छिन्-“भरसक स्मार्ट र हाइट भाको होस् साथीभाईलाई चिनाउंदा छ्या भन्ने खालको नहोस्।” जिज्ञासामा उनि पनि कहां कम छिन् र लामो भित्री हांसो फुत्काएपछि भनिन् -“म पनि दामी लागेको केटाहरुको शिरदेखी पाउसम्म परैबाट आंखाले स्क्यान गर्दिन्छु,- भन्छिन् -“सिक्स प्याकनी हेर्दिन्छु रे क्या।”

 

अधुरो प्रेम
पूख्र्यौली घर सोलु हो उनको । काठमाण्डौबाट सोलु जांदा आउंदा एक ब्यक्तिसंग उनको अनायासै एकोहोरो प्रेम जाग्यो । त्यो पनि उड्ने प्लेनमा । किनकी त्यो ब्यक्ति उक्त प्लेनको पाइलट थियो । उनि विगत सम्झदै खल्खलिन्छीन् । मैले पहिलो पटक यसरी जिन्दगीमा कसैलाई मनमनमा मन पराएकी थिएं । भन्छिन् -“पहिलो पटक देखें म निकै मन रोमाञ्चित बनेकी थिएं त्यो दिन ।” अझै विगतलाई नजिकै ल्याएर केलाउंदै भनिन् -“मैले त्यो मान्छेलाई भेट्न निकै ओहोर दोहोर गरे तर कहिलेपनि मैले चाहेको पाइलटको प्लेन जुरेन खोई अहिले कता छ, म उसलाई अहिलेपनि मिस गरिरहेको हुन्छु ।

kkkkk

नृत्य र सामाजीक कार्य
उनि राम्रो नृत्यांगना पनि हुन् । उनले नाचेरै पनि धेरैको मन जितेकी छिन् । आफ्नै डान्स सेन्टर पनि छ । गायनमा छिरेपछि आफ्नो कुशल नृत्य क्षमताले धेरै साथ दिएको उनको बुझाई छ । अहिले साना साना भाईबहिनीहरुलाई लालन पालन पनि गरीरहेकी छिन् । एउटा बुद्धाश्रम खोल्ने योजना पनि बनाएकी छिन् । ललितपुरमा सञ्चालनमा ल्याउन लागेको उनको योजना कागजपत्र मिलाउनमा ब्यस्त छिन अहिले । उजेली अनुहार बनाउंदै भनिन् हाम्रो बुद्धाश्रम सञ्चालन गर्ने योजना साकार बन्दैछ ।

 

नयां एल्वमको तयारी
आठ वर्षको संगित साधना पछि उनले पहिलो एल्वम उत्तरपूर्व श्रोतामाझ पस्कीएकी थिईन् । एल्वमको सवै गित हिट भए पछि उनि थप हौसीएकी छिन् । अब भने नयां एल्वमको तयारीमा जुटेकी छिन् । यसमा अझ बोल्ड रुपमा आफूलाई प्रस्तुत गर्ने योजना छ उनको । भन्छिन्-” नयां एल्वममा अझ मेहनत गरेकी छु ।”  एल्वमको नाम भने जुराई नसकेको बताईन् ।

 

घुमघाम अनि वाइन
घुमघाम गर्न रुचाउने स्वतन्त्र टाइपको केटी हुन् उनि । प्राय राजधानी वरीपरीका विभिन्न रमणिय स्थलमा जाने गरेकी बताउंछीन् । त्यति मात्र हैन धेरै पटक उनि साथीभाईहरु संग नाइट स्टे पनि गएकी छिन् । भर्खरै उनि रानिवन दुई दिन बसेर फ्रेस बनेर आएको बताईन । मन पर्ने पेय उनको वाइन हो । हल्का वाइनको चुस्कीमा कसैसंग रोमान्टिक गफ गर्न मज्जा लाग्छ रे उनलाई । मन मिल्नेसंग यसरी बस्नुको मज्जै बेग्लै हुने तर्क गर्दै उनि तुरुन्तै कल्पि पनि हाल्छिन् । प्राय उनि क्याजुअल पहिरण लगाउंछिन् । बानी ब्यहोरा पनि फ्रिडम टाइपको छ उनको । खासमा उनलाई छोरो मान्छे हुन मन लाग्छ रे । तर छोरी भएर जन्मीईन् । तर उनको पछिल्लो कामले कुनै पुरुष भन्दा कम भने देखिएकी छैनन् ।

उनको भिडियो हेर्नुहोस् ।

Published On: Time : 14:27:50  3724पटक हेरिएको

तपाईको प्रतिक्रिया