हामी डिजे पुस्तक ल्याए पत्रकार भीषण राईले

बिटमा रिपोर्टिङ गर्दै आएका युवा पत्रकार भीषण राईले गत शनिबार ‘हामी डिजे’ शीर्षकको पुस्तक सार्वजनिक गरेका छन्। साप्ताहिकमा समाचार लेख्दै आएका राईले पुस्तकमा नेपाली डिजेहरूको नालीबेली उतारेका छन्।

‘एक वर्षको गहन अध्ययन तथा पत्रकारिताको अनुभवका आधारमा यो पुस्तक तयार गरेको हुँ,’ पत्रकार राईले भने, ‘डिजे र डिजेइङको प्रवर्द्धन उनीहरूको ऐतिहासिक पृष्ठभूमि, अनुभव एवं संघर्षलाई पुस्तकमा उतारेको छु।’ गत शनिबार धरानका अग्रज पत्रकारहरू हर्ष सुब्बा, भवानी बराल, गोपाल देवान, राजेश विद्रोही तथा जसकुमार राईले संयुक्त रूपमा ‘हामी डिजे’ को लोकार्पण गरे। पुस्तकमा काठमाडौ, धरान, पोखरा, धनगढी तथा बुटवलका व्यवसायिक डिजेहरूको चित्रण गरिएको छ। पुस्तकमा नेपालमा डिजेइङको विकास तथा इतिहासका साथै डिजेहरूको प्रोफाइल पनि समावेश छ। यो पुस्तक डिजे र डिजेइङका बारेमा लेखिएको नेपालकै पहिलो पुस्तक भएको पत्रकार राईको दाबी छ।

Published On: Time : 9:34:32

तपाईको प्रतिक्रिया