युवा पुस्ताको ढुकढुकीमा बास खोज्दै इसक

unnamed

 

काठमाण्डौ, ३ कार्तिक । सूचना प्रविधिमा आएको व्यापक परिवर्तन र विकासले कलाकारिता क्षेत्रमा नयाँ अवसरसंगै चूनौती पनि थपिएका छन् । अब गायक बन्नका लागि मिठो स्वरमात्र भएर पुग्दैन पर्फमेन्स क्षमता पनि उत्तिकै चाहिन्छ । विश्वव्यापीकरणका प्रभावले माइकल ज्याक्स, साकिरा, जस्टिन तथा सेलेना गोमेजका झै प्रस्तुती खोज्ने ठूलो जमात छ नेपाली संगित क्षेत्रमा पनि । फेरी पहिले जस्तो गीत मात्र रेकर्ड गरेर पुग्दैन संगसंगै म्युजिक भिडियो पनि अनिवार्य जस्तै भएको छ ।
यी माथीका सबै मेनुमा संधै आफुलाई अपडेट राख्ने एक प्रतिभाशराली गायक तथा मोडल हुन इसक राई । इसकको फिदिम नगरपालीका –६, चोकमागुमा २०४५ साउन ६ गते बुवा मनप्रसाद राई र आमा टंकमाया राईको कोखमा जेठो सन्तान्नका रुपमा जन्म भएको हो । नयाँ नमुना बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका राई अहिले व्यवस्थापन विषय लिएर स्नातक अन्तिम बर्षमा अध्ययन गरिहेका छन् ।
उनीले पहिलो गीत भेडिगोठ फिल्मका लागि गाएका थिए । गीत थियो मन्द–मन्द मौसम । त्यस यता आफ्नो गायन करियरमा पछि फर्किनु परेको छैन । इसक नामको एल्बम पनि बजारमा ल्याएका छन् । एल्बममा समेटिएका सिम्पल लिभिङ हाईथिङ्किङ, तिमी यसै पनि राम्री, मै त हो तिम्रो लागि ज्यान दिने पनि जस्ता गीतहरु श्रोता दर्शकले खुबै रुचाए । यीनै गीतका कारण पाँच फिट नौ इन्च उचाई भएका चक्लेटी कोरियन फ्लेबरका यी ठिटो लाइभ पर्फमेन्समा व्यस्त छन् । प्रस्तुतीकै कारण प्लस टु पुस्ताले रुचाएका छन् । त्यसैले अहिले काठमाण्डौका धेरै कलेजहरुमा हुने कार्यक्रममा आफुलाई बोलाईने गरेको इसक बताउँछन् ।
समय, भर्जिन, तिम्रो याद जस्ता फिल्ममा अभिनय गरिसकेका राईले आधा दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरेर आफुलाई प्रमाणित गरिसकेका छन् । छोटो समयमा यति धेरै सफलताहरु हात लागे जस्तो देखिए पनि त्यसका लागि ठूलो तपस्या र कडा मेहनत गर्नु परेको राई भूल्दैनन् । संगीतमा रुची भएकै कारण अन्य थुप्प्रै अवसरहरु उनीले छोडे कतिसम्म भने खाईपाई आएको सरकारी जागिर नै छोडे ।
वि.स. २०६४ सालमा भएको खोजि प्रतिभा गायत प्रतियोगिता आफ्नो लागि टर्निक प्वाइन्ट भएको बताउँछन् । असफल भएपछि धेरैको यात्रा मोडिन्छ । ठीक उल्टो इसक राईले त्यहि विन्दुबाट आफुलाई संगित साधनामा अपडेट गरे र अहिलेको अवस्थामा आई पुगे । सबै असफलता अन्त्य होइन सुरुवात हो भन्ने उदाहारण पनि पेश गरे । संगितमै थप उज्यालो भविष्य खोजिरहेका इसक आफुलाई गो अहेड भन्ने अर्थात संधै उत्प्रेरण प्रदान गर्ने चलचित्र विकास बोडका अध्यक्ष राजकुमार राई र हास्य कलाकार शुभास गजुरेलका नाम कुनै अन्तवार्तामा छुटाउँदैनन् ।

Published On: Time : 17:58:17

तपाईको प्रतिक्रिया