पैसा लगाएर गीतकार हुने जमात बढ्दैछ : टीका चाम्लिङ

पछिल्लो पटकको ब्यस्त युवा गीतकारमा पर्छन् खोटाङ नुनथला खाम्लाका टीका चाम्लिङ । गीत लेखन यात्राले काठमाण्डौसम्म डो्यायो उनलाई । २०४३ बाटै गीत लेख्न थालेका गीतकार चाम्लिङ ६१ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगिताबाट सर्वाेत्कृष्ठ गीतकार दरिन सफल भए पश्चात उनको गीत लेखन यात्रामा नयां मोड शुरु भयो ।

tika-chamling4
wery5yuiop

यसपछि उनको ब्यस्तता पनि उत्तिकै बढ्यो । हालसम्म उनले चार सय बढि गीत लेखिसकेका छन् । गीतकार चाम्लिङले आफूलाई राम्रो गीतकारको रुपमा उभ्याउन सफल भएका छन् । उनको तीनवटा गीति संग्रह बजारमा आएका छन् । सपनाको रङ, समयको रङ र जुनको वस्ती प्रकाशित छन्, भने सँधैभरी गिती एल्बम बजारमा आइसकेका छन् । ‘आलु तामाले’, ‘सम्झनानै आजभोली’, ‘त्यो पारी वनमा फुल फूल्यो’, ‘जीवन यस्तो कहानी हो’, ‘कान्छीलाई मोहनी जालमा पारेर’ लगायतका सय बढि गीत रेकर्ड भएका छन् ।
गीत बेचेरै जीवनयापन गरिरहेका गीतकारले गजल र भजन बाहेक सबै विधालाई समेटेको पाइन्छ । उनले बाल गीतहरु पनि लेखेका छन् । उनका साँस्कृतिक चेतनाका गीतहरूले पनि अहिले बजार उत्तिकै लिएका छन् । उनको गीतहरु नेपाल चर्चित गायक गायिकाहरुले गाएर हिट भैसकेका छन् । उनको गीत गाएर अरु चर्चित भए पनि उनि भने गुमनामझै छन् । उनै गुमनाम गीतकार टीका चाम्लिङसंग भृकुटीमण्डपमा टुडिखेलको कुराकानी :-

 

नेपालमा गीत लेखनको अवस्था कस्तो छ ?
गीतसंगीत साहित्य विधाको एउटा क्षेत्र हो । यो क्षेत्र पनि राज्यसत्ता भन्दा निरपेक्ष होइन । अहिलेसम्मको स्थितीलाई नियाल्दा राज्यको नीति प्रभावकारी देखिदैन । राज्यले अख्तियार गरेको नीतिले गीत लेखेरै जीवनयापन गर्ने स्थिती बनिसकेको छैन ।

राज्य व्यवस्था परिवर्तनसँगै नेपाली साँगीतिक क्षेत्रमा पनि विकास त भएको छ नि हैन ?
धेरै भएको छ । एक मात्र रेडियो नेपालको विकल्पमा थुप्रै व्यवसायिक मिडियाहरुको विकास भएको छ । अहिले गीत बिक्री हुन्छ । यसबाट गीत लेखन पनि व्यवसायिक हुँदै गएको छ । तर, अझ धेरै गर्न बाँकी छन् । एउटा गीतकार आफ्नो क्षेत्रबाट बाँच्नसक्ने स्थिती भने बनिसकेको छैन ।

गीत बेच्ने कुरा गर्नुभयो । कमाई कस्तो छ ?
कमाईको कुरा गर्दा लाज लाग्छ । त्यस्तो कुरा नगर्नुहोस् । गीत लेखेर कति नै कमाई हुन्छ र । एउटा गीतको त्यस्तै दश हजार जति पाइन्छ । मुश्किलले । यहाँभित्र पनि विभेद छ । गीतकारबाट दश हजारमा किनिएको गीतको लाखौंमा भिजुअलाइजेसन हुन्छ । हामीभित्रै पनि विभेद छ । जसोतसो बांचीएको छ शहरमा ।

पछिल्लो समयमा भइरहेको गीतसंगीत क्षेत्रको विकासलाई कसरी हेर्नुहुन्छ ?
शौखको हिसाबले यो क्षेत्रमा प्रवेश गर्नेहरुको लहर छ । शौखका हिसाबले भएको लगानी उठाउन खोज्दा सामाजिक उत्तरदायित्वबोध हराउँदै गएको छ । शौख र मनोरञ्जनबाहेक केही प्रतिशत त सामाजिक दायित्ववोध हुनु जरुरी छ नि । तर त्यसो हुन सकिरहेको छैन । नेपाली संगीत क्षेत्र पनि पूँजीवादी दृष्टिकोणबाट अघि बढेको छ । पैसा लगाएर गितकार हुने जमात बढ्दैछ भने हामीहरु जस्ता गीत बेचेर बांच्नेको अवस्था सांघुरो बन्दैछ  ।

अबको यात्रा कहिलेसम्म जारी राख्नुहुन्छ ?
मेरो गीत लेखनको यात्रामा मिठो भन्दा तितो अनुभव बढि कुराहरु हुन्छन् । रहर र लहरले गीत लेख्न थालेकाले यो क्षेत्रबाट अव बाहिरिन सक्दिन । बांचुञ्जेल राम्रा–राम्रा गीत सृजनामा तल्लीन भएर लाग्नेछु ।

Published On: Time : 15:31:57  882पटक हेरिएको

तपाईको प्रतिक्रिया