सुगम स्टार सचिन

भर्खरै हङकङ र मलेसियाको कन्सर्ट सकेर काठमाण्डौ ओलिएका गायक सचिन राई आफ्नो ओपनिङ एल्बम ‘सुगम स्टार सचिन’ प्रमोसनमा व्यस्त छन् । गायनमा जम्दो सचिनसंग राष्ट्रिय तथा स्थानीय आधा दर्जन जति गायन प्रतियोगितामा सफलता चुमेका र छेउछाउ पुगेको अनुभाव छ ।
प्रथम खोटाङ सुगम स्टार विजेता सचिन ‘नेपाल आइडल सिजन पूर्वाञ्चल आइडल’को उत्कृष्ट दशमा पुगेका थिए । नेपाल टेलिभिजनबाट प्रसारित ‘खोजी प्रतिभा सिजन–१’ मा समेत सहभागी उनी ‘खोटाङ तारा’को छनोटमा उत्कृष्ट दशमा परेका कलाकार हुन् ।
सानो होस या ठूलो हरेक मान्छेका लागि पहिलो सफलता विशेष मात्र होइन अविस्मरणीय पनि हुन्छ । त्यसैले त उनले पहिलो एल्बमको न्वरान गरे ‘सुगम स्टार सचिन’ रामधन वेदनाको रचनामा रहेको शीर्ष गीत ‘म हुँ सुगम स्टार’ बाट सुरु भएको एल्बममा गीतकार टीका चाम्लिङ, हर्क राई, प्रेम सापकोटाको शब्द समेटिएको छ । एल्बममा ‘अनौठो माया हाम्रो’, ‘अल्लारे बैँस ढल्केर जाला’, ‘कसम ढाँट्या होइन’ बोलका गीत छन् । विनोद खम्बु, ओमप्रकाश राई, अशोक राई र विपिन आचार्यको संगीत छ । रिभेन्ज म्युजिक क्रिएसनले गीति एलबमलाई बजारमा ल्याएको हो ।

Published On: Time : 5:46:17

तपाईको प्रतिक्रिया