कालीगण्डकीमा जलयात्रा शुरु

निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) शुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरु भएको हो । कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा शुरु भएको हो । निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समूह ¥याफ्टिङ गर्न आएको...

नौ वर्षपछि पुन : शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

सोलुखुम्बु, १५ असोज  । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उहाँको भनाइ...

फिदिमको लालीखर्कमा ‘होमस्टे’

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको छ । होमस्टेको उद्घाटन प्रदेश नम्बर १ का सांसद सीता थेवेले गरिन् । सांसद थेवेले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी अघि वढ्ने बताइन् । पर्यटन प्रवद्र्धन गरी...

पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान स्थापना गरिने

सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति विकास गर्ने उद्देश्यका साथ प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । विभिन्न सञ्चार माध्यममा पर्यटन क्षेत्र हेर्ने सञ्चारकर्मीसँग आज भएको छलफलमा...

भ्रमण वर्षलक्षित सहकारीको अभियान

नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट गरेको छ । भ्रमण वर्षलाई लक्षित गरी विशेषगरी विदेशी पाहुनाका लागि दोस्रो चरणमा पर्यटन सूचना केन्द्र स्थापना गरिने सहकारीका अध्यक्ष अनिश तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सहकारीमार...

लेक लागेर पर्यटकको मृत्यु

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो ...

सांस्कृतिक ग्राम बन्दै पर्यटकीय गन्तव्य सिक्लेस

कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसलाई सांस्कृतिक ग्रामकारुपमा विकास गरिने भएको छ । गुरुङ समुदायको प्राचीन बस्ती सिक्लेलको ऐतिहासिक एवं संस्कृतिक महत्वलाई जीवन्त राख्ने सोचका साथ सांस्कृतिक ग्राम बनाउने अवधारणा अघि सारिएको हो । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै सांस्कृतिक ग्राम बनाउने तयारी गरिएको बताए । सांस्कृतिक ग्राम ब...

पौवा भञ्ज्याङमा पर्यटन सूचना केन्द्र

फिदिम, २८ भदौ । पर्यटकको सुविधाका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवाभञ्ज्याङमा पर्यटक सूचना केन्द्र निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन विकास समिति इलामले रु ४२ लाख लगानीमा निर्माण गरेको उक्त सूचना केन्द्र पर्यटन वर्ष–२०२० लाई लक्षित गरी सञ्चालनको तयारी गरिएको छ । समितिका योजना अधिकृत सञ्जीव पौडेलका अनुसार सूचना केन्द्र फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकासँगक...

लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताएका छन् । लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्...

यातायात अवरुद्ध भएपछि तीर्थालु हेलिकप्टरबाटै मानसरोबर कैलाश जान थाले

रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलगत रूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन् । मानसरोवर य...