‘वार्षिक ३५ लाख पर्यटक भित्र्याउने रणनीति बन्दै’

सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रवद्र्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आ...

सर्विया जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन

सर्बिया।अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ। भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रबर्द्धन सामाग्री हस्तान्तरण गरिएको हो । आईपीयूमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्...

मुस्ताङमा आन्तरिक पर्यटकको चहलहल

काठमाडौँ, २७ असोज । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महीनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द...

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ । क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ । क्याराभानका नायक थिन्ले लेण्डुप लामाको सम्झनास्वरुप सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको सडकमार्गलाई क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन दबाबस्वरुप काठमाडौँदेखि डोल्पासम्म साइकल यात्रा गरिएको हो । अन्तरराष्ट्रिय ओस्कार अवार्...

राष्ट्रपतिको सीको भ्रमण ः लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिनुभएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गर्नुभएकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो । राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा...

मोहरेडाँडामा पाहुना घर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताउनुभयो । पर्यटन बोर्डले रु २० लाख...

पर्यटक माथिको दुव्र्यवहारप्रति दुःख व्यक्त

पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल भारत सिमास्थित बेलहिया नाकामा यही असोज १९ गते भएको भारतीय पर्यटकमाथिको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा आज जारी विज्ञप्तिमा नेपाल प्रवेश गर्दै गरेका भारतीय पर्यटकमाथि नेपाली पक्षबाट दुव्र्यवहार भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । पशुपति दर्शनका लागि लखनउबाट आएका झण्डै ए...

कालीगण्डकीमा जलयात्रा शुरु

निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) शुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरु भएको हो । कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा शुरु भएको हो । निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समूह ¥याफ्टिङ गर्न आएको...

नौ वर्षपछि पुन : शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

सोलुखुम्बु, १५ असोज  । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उहाँको भनाइ...

फिदिमको लालीखर्कमा ‘होमस्टे’

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको छ । होमस्टेको उद्घाटन प्रदेश नम्बर १ का सांसद सीता थेवेले गरिन् । सांसद थेवेले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी अघि वढ्ने बताइन् । पर्यटन प्रवद्र्धन गरी...