पर्यटनका लागि उत्साहपूर्ण वर्ष– २०७३

काठमाडौँ, ३१ चैत । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०...

प्रहरीले घिसार्यो जाहजका यात्रु

३० चैत । अमेरिकाको आन्तरिक उडान भर्न तयार युनाईटेड एयरलाईन्स बाट एकजना यात्रुलाई घिसारेर निकालिएको छ । घिसार्ने क्रममा भियतनामी मुलका ६९ वर्षिया अमेरिकी चिकित्सक डियो घाईते भएका छन् । सिकागो देखि लुजियाना यात्रा गर्ने तयारीका क्रममा यस्तो घटना भएको थियो । १० तारिखका दिन भएको घटनामा भिडियो फुटेजमा देखिए अनुसार घिसारिने यात्रुको मुखमा चोट लागेर रगत बगेको दखिन्छ । एयरलाईन्सकै कर्मचारीलाई सिट आवस्यक ...

इम्जा र दूधकोसी किनाराका बासिन्दाको डर हट्यो

सोलुखुम्बु, १७ चैत । बितेको एक दशक सोलुखुम्बुको इम्जा र दूधकोसी नदी किनाराका मानिस त्रास नै त्रासमा बाँच्न बाध्य भए । इम्जा र दूधकोसीमा पानीको सतह अलिकति बढ्यो कि इम्जा हिमताल फुट्यो भन्ने आशङ्का गर्दै ती नदी किनाराका बासिन्दा डाँडातर्फ भागिहाल्थे । इम्जा हिमताल विश्वकै खतरा सूचीमा रहेको भन्दै यति धेरै प्रचार गरियो कि हरेक रात नदी किनाराका मानिस इम्जा फुटेर बगाउँछ कि भनेर डराईडराई सुत्थे । तर अहि...

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

काठमाडौँ, ८ चैत । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् । समितिका अध्यक्ष नानीकाजी थापाले पोखरीभन्दा ठूला पानी जम्मा भएका ठाउँलाई तालको रुपमा वर्गी...

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

बँेसीसहर (लमजुङ), ७ चैत । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताए । “सिउरुङमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्...

धौलागिरि पदमार्गको नक्सा तयार

म्याग्दी, ६ चैत । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो । म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि से...

हिमपातले पर्यटक अलपत्र

मनाङ, १ चैत । गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्गहुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् । बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । हिउँ पर्न रोकिए पनि ठाउँठाउँमा गएको हिमपहिरोका कारण बाटो अ...

प्रर्यटन प्रवद्र्धन को लागि पिके पदयात्रा

काठमाडौं, ५ फागुन । शेर्पा पत्रकार संघ नेपालले नयाँ पर्यटकीय गन्तब्य उजागर गर्दै मुलुकको पर्यटन प्रबर्धन र बिकासमा योगदान र्पुयाउने उदेश्यले पिके डाँडाको पर्यटनसम्बन्धि बृत्तचित्र प्रदर्शन गरेको छ । सोलुखुम्बुको पिके डाँडा र त्यस क्षेत्रका पर्यटकीय सम्भावनाहरुलाई समेटेर तयार पारिएको सो बृत्तचित्र संघले सोमबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड हलमा प्रदर्शन गरेको हो । बृत्तचित्र च्यारिटी सो नाम ...

रेडपाण्डा जोगाउन सक्रियता

इलाम, २९ माघ । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको रातोहाब्रेकोे चोरी तस्करी बढ्न थालेपछि उत्तरी क्षेत्रका सामुदायिक वनका पदाधिकारी रातोहाब्रेको संरक्षणमा कम्मर कसेर लागेका छन् । वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रातोहाब्रे लोप हुँदै जान थालेको छ । उत्तरी क्षेत्रका सामुदायिक वनमा अहिले पनि चौँरी तथा गाईगोठ छन् । जङ्गलमा गोठ राख्दा धेरै वन फँडानी हुने गरेको सामुदायिक वनका पदाधिकारी बताउँ...