तीन वर्षपछि भुटानी शरणार्थी शिविर बन्द हुने

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार गरेको छ । युएनएचसिआरले भुटानी शरणार्थीलाई ०४७ देखि सहयोग गर्दै आएको छ । तर, अबका तीन वर्षपछि सहयोग गर्न नसक्ने जनाएको छ । यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र...

स्क्रब टाइफसबाट थप एकको मृत्यु

चितवन, २ कार्तिक । टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ। कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ...

पुन निर्माणमा ढिलाई हुँदा पठनपाठनमा समस्या

गतवर्षको भूकम्पले क्षति पुर्याएका विद्यालय तथा कक्षाकोठाको पुननिर्माण कार्य सुस्त भएपछि समग्र शैक्षिक उपलब्धिमा ह्रास आएको विद्यालय सञ्चालकले बताएका छन् । भूकम्पपछि बनाइएका अस्थायी शिक्षण केन्द्रहरू समेत जीर्ण बन्न थालेपछि झन् चिन्ता बढेको उनीहरुको भनाइ छ । भूकम्पका कारण करिब ३१ हजार कक्षा कोठामा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्यांक छ । छाँटकाँट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरूल...

एमालेको सहमतिबिना संविधान संशोधन हुन्न : मन्त्री भण्डारी

कावासोती, २ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताएका छन् । नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मध...

लोपोन्मुख अजिङ्गर फेला प¥यो

कञ्चनपुर, २ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा सोमबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय बासिन्दा रुपलाल चौधरीको धान खेतमा अजिङ्गर देखे पछि इलाका वन कार्यालय ब्रह्मदेवमा खबर गरेका थिए । इलाका वन कार्यालयका वन रक्षक उमेशबहादुर सिंहले फेला परेको अजिङ्गर सात फिट लामो र छ किलो तौलको रहेको बताए । अजिङ्गरलाई वन रक्षकको टोलीले उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बुझ...

नेपाली सेनामा दुईहजार बढीलाई खुल्यो रोजगार (विज्ञापन सहित)

काठमाण्डौ, १ कार्तिक । नेपाली सेनामा विभिन्न पदमा आवेदन खुलेको छ । सोमबार सूचना प्रकाशित गरी नेपाली सेनाको लेखा, सैन्य, ड्राइभर, सहायक पण्डित हुद्दा, अमल्दार कर्मचारी तथा फलोवर्स पदमा कर्मचारी आवश्यकताको आवेदन खुलाएको हो । नेपाली सेनाले भर्ना छनौट निर्देशनालय जंगी अड्डाको लागि बिभिन्न पदमा गरी ५ सय ५६ जना, पूर्वी पृतना इटहरीमा १६० जना, भैरवीदल पाँचथरमा ६० जना, कृष्णदल राजविराजमा ७५ जना, शेर दल खो...

सिमाना निर्धारण आयोगलाई विवरण दिन निर्देशन

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शीघ्र सम्पन्न गर्न प्रत्येक नगरपालिकाको वडागत रुपमा जनसङ्ख्याको विवरण सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनभित्र उपलब्ध गराउन निर्दे...

सशस्त्र समूहको नाममा रकम असुल गर्ने पक्राउ

काठमाडौँ, ३० असोज । केही व्यवसायी एवम् व्यक्तिलाई आफू विभिन्न सशस्त्र समूहको कमाण्डर भएको भनी धम्क्याउँदै रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, ...

सार्क शिखर सम्मेलनका लागि पर्खन भारतको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका लागि अहिले वातावरण उपयुक्त नभएको थप स्पष्ट पारेका छन् । अध्यक्ष राष्ट्रको सरकार प्रमुखका रूपमा नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको जिज्ञासामा भारतीय प्रधानमन्त्रीले यस विषयमा पर्खेर मात्र भन्न सकिने जवाफ दिएका छन् । आइतबार अबेर राति गोवाको होटेल लीलामा भएको दुईपक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्डले सार्क सम्मेलनबारे चास...

मधेश आन्दोलनको निरन्तरता वा सरकारमा सहभागी

परम्परागत राज्यसत्ता वा स्थायी राज्यसत्ताविरूद्धको लडाइँलाई ‘मधेश आन्दोलन’ को रूपमा परिभाषित गरिँदैआएको छ । यसले पनि मधेश आन्दोलन निश्चित भूगोलमा बसोबास गर्ने खास समुदायको मात्र नभएर अभिजातवर्गका शासकहरूको एकल, निरङ्कुश र स्वेच्छाचारी मनोवृत्ति, व्यवहार र अभ्यासहरूबाट वर्षौबाट उत्पीडित रहँदैआएका सबै वर्ग र समुदायको विद्रोहलाई प्रतिनिधित्व गर्छ । त्यसैले परिवर्तनको आकांक्षा प्रतिध्वनित हुने दृष्टिल...