मजदुरका समस्या समाधान गर्छु –प्रधानमन्त्री

काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग भएको भेटमा उहाँले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नु ...

पाँचथरमा अलैंची उत्पादन बढ्यो

पाँचथर :  जिल्लामा यो वर्ष अलैंचीको उत्पादनमा बृद्धि भएको छ । गत वर्ष जिल्लामा ६ सय २७ दशमलव २७ मेट्रिकटन उत्पादन भएको थियो । यो वर्ष ७ सय १५ दशमलव ०८ मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अलैंचीमा रोग–किराको प्रकोप हट्दै गएको र किसानले नयाँ बगान समेत विस्तार गरेकाले उत्पादनमा बृद्धि भएको हो । उत्पादन बढे पनि मूल्य घट्दा किसान भने निरास छन् । गत वर्ष प्रत...

ब्लड क्यानसरका बिरामीलाई ओखलढुङ्गा सेवा समाज कतारको सहयोग

ओखलढुङ्गा सेवा समाज कतारले ब्लड क्यानसरका बिरामी बीस बर्षीया अनिका तामाङलाई आर्थिक सहयोग गरेको छ । ओखलढुङ्गा मुलखर्क–१ का तामाङलाई उपचारको लागि १ लाख २ हजार ५ सय ९२ रुपैयाँ सहयोग गरेको हो । ओखलढुङ्गा सेवा समाज कतारले अक्टोबर १४ देखि नोभेम्बर ४ सम्म तीन हाप्त सहयोग संकलन अभियानमा गरेको थियो । अभियानमा संकलन भएको रकम ओखलढुङ्गा सेवा समाज कतारका प्रथम उपाध्यक्ष भीम तामाङले सोमबार अनिकालाई हस्तान्तरण ...

१० नमुना शहरको एकीकृत विकास योजना अन्तिम चरणमा

काठमाडौं: मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न लागिएक...

किरात राई पत्रकार संघको आयोजनामा वृत्तचित्र यात्रा हुंदै

किरात राई पत्रकार संघ केन्द्रिय समितिको आयोजनामा आउंदो मंसिर तेस्रो हप्ताबाट वृत्तचित्र यात्रा हुंदैछ । ईलामबाट सुरु हुने वृत्तचित्र यात्रा पूर्वाञ्चलका सवै जिल्लामा प्रदर्शन पश्चात राजधानीमा भब्य समापन गरीने बुधबार ईलाममा आयोजित पत्रकार सम्मेलनका कार्यक्रम संयोजक सन्दिप राईले बताए । किरात राई पत्रकार संघले स्थापना कालबाट नै सम्पूर्ण किरात राई पत्रकारहरुलाई एकताबद्ध गर्दै उच्च व्यवसायिक अभ्यास, प...

न्यानो सिरक वितरणमा पल र आंचल भन्छन् :- “मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ”

  डिएक्सएन परिवार मलेशियाको आर्थिक सहयोग तथा एक्ट्स नेपालको सहकार्यमा हिजो बुधबार सिन्धुपाल्चोक जिल्लाको फुलपिङ कट्टीमा न्यानो सिरक वितरण कार्यक्रम अन्तर्गत पैसठी परिवारलाई सिरक वितरण गरीएको छ । प्रोडक्शनमा रहेको नेपाली कथानक चलचित्र जोनी जेन्टलम्यानका नायक नायीकाद्धयले सांच्चैनै मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सके मात्र कोही ब्यक्ति जेन्टलम्यान बन्ने...

प्रत्येक नेपालीको थाप्लोमा १९ हजार वैदेशिक ऋण

हरेक नेपालीको थाप्लोमा अहिले १९ हजार रूपैयाँ वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति छ हजार रूपैयाँ वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने निक...

महापर्व छठ आरम्भ

महापर्व छठको मुख्य पुजाको पूर्व सन्ध्यामा विराटनगरको बुधहाट चोक र गुद्री बजारमा शनिबार बिहानदेखि अबेर रातिसम्म किनमेल गर्नेहरु ओइरिए । यहाँका अधिकांश मधेसी र पहाडी समुदायले यो पर्व मान्ने हुनाले यी हाट एवं बजारहरु महामेलाकै रुपमा परिणत हुन्छ । ताजै चढाउने मान्यताअनुरुप पर्वको एक दिन अगाडि काँचो फलफूल, तरकारी एवं मिठाइको हाट लाग्छ । यसलाई पर्वको अन्तिम बजार पनि भनिन्छ । ब्रतालु एवं दर्शनार्थीले ...

अनावश्यक शरिरका रौं हटाउन हेअर रिमुभल

यसका बारेमा प्राय सोधिने प्रश्नका उत्तरहरु :- लेजर हेअर रिमुभल के हो ? एउटा विशेष प्रकारको बत्तीको किरण प्रयोग गरी शरीरमा भएका अनावश्यक रौं हटाउने प्रक्रियालाई लेजर हेअर रिमुभल भनिन्छ । यसले बढ्ने प्रक्रियामा रहेका रौंका जरालाई मार्ने काम गर्छ जसले गर्दा फेरि त्यही जराबाट नयाँ रौं पलाउँदैन । कुनै पनि समयमा २० प्रतिशत रौं मात्र बढ्ने क्रममा हुने हुँदा सन्तोषजनक रिजल्टका लागि एक–एक महिनाको...

तरुण दलको महाधिवेशन यसै महिना

दुईपटकसम्म स्थगीत कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ । तरुण दलले विहीबार यहाँ पत्रकार सम्मेलन गरी केही जिल्लामा विवाद भए पनि जुनसुकै हालतमा महाधिवेशन हुने जनाएको हो । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महाधिवेशनमा जिल्ला, क्षेत्र, नगर, विदेश विभागबाट गरी १३ सय प्रतिनिधिको सहभागिता रहने तरुण दल अध्यक्ष उदय शमसेर राण...