परीक्षामा सहभागी नै नभएका विद्यार्थीको मार्कसिट (लब्धांक–पत्र) आयो

परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षासमेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट (लब्धांक पत्र ) आएको छ । यो कसरी सम्भव भयो त ? जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएपछि यस्तो रहष्य बाहिर आएको हो...

भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष

मेलम्ची, ११ भदौ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो । सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबा...

लुम्बिनी मेडिकल कलेजमा शुक्रबार जन्मिएका नवजात शिशु अस्पतालबाटै हरायो

यो सांकेतिक तस्विर गुगलबाट लिइएको हो । बेझाड, २८ असार । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ । तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी ...

तीन अर्ब रुपैयाँको वैवाहिक कार्यक्रम

अउली, भारत, १६ असार । भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिनुभयो । गुप्ता परिवारको विवाह स...

राष्ट्रिय पाककला प्रतियोगिता

देशमै पहिलोपटक आयोजना गरिएको राष्ट्रिय पाककला प्रतियोगिता (खाना पकाउने सीप परीक्षण) मा प्रदेश नं ३ का सुनसरी नेपालीले प्रथम स्थान हासिल गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटीइभिटी) र राष्ट्रिय सीप परीक्षण विभागको आयोजना, स्वीस सरकारको प्राविधिक सहयोग तथा गेट भोकेसनलको समन्वयमा पोखरामा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपालीले उपाधिको साथमा ...

केटीको ‘ग्याङ फाइट’मा छुरी हानाहान

केटाहरूको धेरै सुनिए पनि केटीहरूको ‘ग्याङ फाइट’ भने निकै कम देखिने गरेको छ । युवतीहरू सडकमै ओर्लिएर दुई पक्षीय भिडन्तमा उत्रेका कम घटनामध्ये मंगलबार राति छुरी हानहान भएको घटना पनि पर्छ । ललितपुर–१५ सातदोबाटो चोकनजिक काभ्रे बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीलाई सलिना राई, आस्था राईसहितको समूहमा आएका केटीले छुरा प्रहार गरी घाइते बनाएका छन् । कोपिलाको सुमेरु अस्पताल धापाखेलमा उपचारभइरहेको छ । यो स...

आकासमै जन्मियो बच्चा

मुम्बइ, ५ असार । एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन् । अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन् । नाम नखुलाइएकी एक २० बर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ । साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जे...

उडिरहेको जहाजमा मुक्का हानाहान

अमेरिका, १९ बैशाख । जापान बाट अमेरिका उडिरहेको यात्रुवाहक हवाईजहाज भीत्रका दुई यात्रु आपसमा मुक्का हानाहान भएको छ । मंगलबार भएको घटना पहिले ति दुई ब्याक्ति विच सामान्य विषयमा भनाभन परेको थियो । कहाँका नागरिक नखुलाईएपनि दुवैजाना गोरो वर्णको रहेका छन् । जापानको टोकियो देखि अमेरिकाको लसएन्जलस सम्म उडानमा रहेको अल निपोन एयरलाईन्समा यस्तो घटना भएको हो । केही मिनेटको मुक्का हानाहानलाई अरु यात्रुले हेरि...

प्रहरीले घिसार्यो जाहजका यात्रु

३० चैत । अमेरिकाको आन्तरिक उडान भर्न तयार युनाईटेड एयरलाईन्स बाट एकजना यात्रुलाई घिसारेर निकालिएको छ । घिसार्ने क्रममा भियतनामी मुलका ६९ वर्षिया अमेरिकी चिकित्सक डियो घाईते भएका छन् । सिकागो देखि लुजियाना यात्रा गर्ने तयारीका क्रममा यस्तो घटना भएको थियो । १० तारिखका दिन भएको घटनामा भिडियो फुटेजमा देखिए अनुसार घिसारिने यात्रुको मुखमा चोट लागेर रगत बगेको दखिन्छ । एयरलाईन्सकै कर्मचारीलाई सिट आवस्यक ...

सोलुका ७६ वर्षीय काजिवहादुरले १२ कक्षा उत्तीर्ण गरे

सोलुखुम्बु, १३ माघ । विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन् । गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच्चमावि सोताङमा कक्षा ८ मा भर्ना भएका गिरीले त्यसपछि नियमित विद्यालय गएर २०६६ सालमा एसएलसी उत्तीर्...