इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौं २३, असार । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। त्यहाँका सरकारी अधिकारीहरूले ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको जनाएका छन्। भूकम्पको क्षतिबारे यकिन विवरण आएको छैन। ...

कोरोना भाइरसका कारण विश्वभर ५ लाख बढीको मृत्यु, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं, २३ असार । कोरोना भाइरस महामारीबाट विश्वभर ५ लाख ४० हजार ६ सय ७७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दा सम्म १ करोड १७ लाख ३९ हजार ८९३ जनालाई संक्रमण भएको छ । त्यस्तै ६६ लाख ४२ हजार ४६१ जना उपचार पछि निको भएर घरफर्किएका छन् । विश्वमा ५७ हजार ९७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १...

राष्ट्रपति सीको आलोचना गर्ने प्रोफेसर प्रहरी हिरासतमा

काठमाडौं २३, असार । चिनियाँ राष्ट्रपति सी चिनफिङको आलोेचना गरेको भन्दै एक जना प्रोफेसरलाई प्रहरीले पक्राउ गरेको छ। शू झान ग्रून नामका प्रोफेसरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कोरोना भाइरसलाई लिएर राष्ट्रपति सीको आलोचना गरेको उनीमाथि अभियोग लागेको छ। उनी हाल प्रहरी हिरासतमा छन्। उनको घरदेखि प्रहरीले कम्प्युटर र केही दस्ताबेज पनि लगेका छन्। उनको यो दोश्रो पटक प्रहरीद्दारा पक्राउ हो। ...

इराकस्थित अमेरिकी दूतावास र सैन्य क्षेत्रमा रकेट हमला

काठमाडौं २२, असार । अमेरिकी कूटनीतिज्ञ तथा सैन्य क्षेत्रलाई लक्षित गरेर इराकी सुरक्षा बलले रकेट हमला गरेको छ। राजधानी बग्दादकै ग्रिन जोन इलाकामा रहेको अमेरिकी दूतावास र बग्दाद नजिकैको सैन्य अड्डालाई बलले निसाना बनाएको थियो। तर, दुबै रकेट हमला असफल बन्यो। पहिलो रकेट अमेरिकी दूतावासदेखि केही पर र दोस्रो रकेटलाई भने सुरक्षा बलले असफल पारिदिएका थिए। आइतबार दुबै हमला भएको हो। गएको अक्टोबर...

पाकिस्तानको विदेशमन्त्री कुरैशी कोरोना संक्रमित

काठमाडौं २०, असार । पाकिस्तानका विदेशमन्त्री शाह महम्मुद कुरैशीलाई कोरोना संक्रमण भएको छ। ट्वीटबाट उनले आफूलाई संक्रमण भएको बताएका छन्। ‘दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें, ममा कोभिड–१९ पाइएको छ’, उनले भनेका छन्, ‘अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु, घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु, कृपया मेरो लागि प्रार्थना गर्...

चीन–अमेरिका सम्बन्ध थप चिसियो

काठमाडौं १९, असार । चीनले पनि अमेरिकी अधिकारीहरूलाई देशमा भिसा प्रतिबन्धको घोषणा गरेको छ। हालै नयाँ सुरक्षा कानुन लागू गरेपछि हङकङको स्वायत्तता निमोठिएको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिकाले भिसा प्रतिबन्धको घोषणा गरेपछि जवाफ स्वरूप चीनले पनि उक्त कदम चालेको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले हङकङ मामिलामा अभद्र व्यवहार गरेका अमेरिकी अधिकारीलाई...

अमेरिकामा एक दिनमै ५० हजार कोरोना संक्रमित थपिए

काठमाडौं १८, असार । अमेरिकामा एकै दिन ५० हजारको सङ्ख्यामा नयाँ संक्रमित देखिएका छन्। यति धेरै सङ्ख्यामा संक्रमित देखा परेको यो पहिलो पटक हो। कुनै पनि देशमा यसरी ५० हजार संक्रमित एकै दिनमा कहीँ पनि देखिएको थिएन। त्यहाँका एक जना संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले प्रतिदिन संक्रमितको सङ्ख्या यस्तै अवस्था रहे एक लाख जना मानिसमा संक्रमण देखिने बताएको भोलीपल्ट संक्रमित ह्वात्तै बढेको ...

सुरक्षा कानुन उल्लङ्घन गरे हङकङवासीलाई आजीवन जेल

काठमाडौं १७, असार । नयाँ सुरक्षा कानुन उल्लङ्घन गरे हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने भएको छ। चीनले बनाएको उक्त कानुन आजदेखि लागू भएको छ। चीनको संसदले हिजो (मङ्गलबार) पारित गरेको थियो। यो कानुन निक्कै विवादास्पद छ। हङकङमा प्रजातन्त्र पक्षधर मानिसहरू आन्दोलित भएका छन्। चीनले ल्याएको कानुनले हङकङको स्वतन्त्रता खुम्चिने उनीहरूले बताउँदै आएका छन्। चीनले स्वायत्त क्षेत्र हङकङम...

तेहरानमा भएको विष्फोटमा १३ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं १७, असार । इरानको तेहरानस्थित एक क्लीनिकमा भएको विष्फोटमा परी १३ जना मारिएका छन्। मारिनेमा धेरै महिला छन्। थुप्रै मानिसहरू घाइते भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकको सङ्ख्या बढ्न सक्ने आङ्कलन गरिएको छ। ग्याँस चुहिएका कारण विष्फोट भएको ठानिएको छ। दमकलकर्मी र सुरक्षाकर्मीहरूलाई आगो नियन्त्रणमा समस्या परेको जनाइएको छ। ...

९० लाख सिरियाली भोकमरीको संघारमा

काठमाडौं १६, असार । सिरियाली नागरिक भोकमरीको सङ्कटमा पर्ने देखिएको छ। हालै केही अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको एक अध्ययनले ९० लाख सिरियाली नागरिक भोकमरीको सङ्कटमा फस्ने देखाएको हो। नर्वेजियन शरणार्थी परिषद्, अक्सफाम, केयरलगायत संस्थाहरुले अनुसन्धान गरेको थियो। गृहयुद्धमा फसेको सिरियामा अहिले पनि लाखौं नागरिकले खाद्य सङ्कट बेहोर्दै आएका छन। अब केही समयपछि नै भोकमरी सुरू हुने ती सं...