नर्विच सिटीविरुद्द चेल्सीको कठिन जित

काठमाडौं ३१, असार । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीविरुद्द कठिन जित निकालेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले १–० को जित निकालेको हो।पहिलो हाफको इन्जुरी समयमा ओलिभर जिराउडले हेडमार्फत गोल गरेका थिए। जितसँगै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई चेल्सीले बलियो बनाएको छ। अब चेल्सीले दुई खेल खेल्न बाँकी छ। लिगमा तेस्रो स्थानमा छ। एक खेल मात्र जिते च...

रियाल उपाधि नजिक

काठमाडौं ३०, असार । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड उपाधि नजिक पुगेको छ। गएराति भएको खेलमा उसले ग्रानडालाई २–१ गोल अन्तरले पराजित गर्याे। रियाललाई विजयी गराउन फर्लाण्ड मेण्डी र करिम बेन्जमाले एक एक गोल गरे। ग्रानडाका डार्वीन माचेसले एक गोल फर्काए। जितसँगै अब लिगाको उपाधि हत्याउन रियालले एक खेल मात्रै जिते पुग्नेछ। दुई खेल खेल्नै बाँकी छ। रियालको ८३ अंक छ। दोस्रो स्थानमा रहेको बार्स...

लेस्टर सिटीमाथि बर्नमाउथको ४–१ को जित

काठमाडौं २९, असार । लेस्टर सिटीलाई ४–१ गोल अन्तरले बर्नमाउथले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा अंक तालिकाको चौंथो स्थानमा रहेको सिटीले बर्नमाउथसँग पराजय बेहोरेसँगै चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। खेलमा अग्रता पनि लेस्टरले लिएको थियो। उसका लागि जिमी भर्डीले २३ औं मिनेटमा बर्नमाउथविरुद्ध गोल गरेका थिए। त्यसपछि ६७ औं मिनेटमा लेस्...

स्पानाेयलमाथि बार्साकाे जित, रियलको अंक दूरी एकमा सीमित

काठमाडौं २५, असार । स्पेनिस ला लिगामा स्पानोयललाई बार्सिलोनाले पराजित गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले स्पानोयललाई एक शूल्यनले पराजित गर्याे। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले स्पानोयलविरुद्द एक गोल गरेका हुन्। उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए। जितसँगै बार्सिलोना र रियल मड्रिडको अंक दूरी एकमा सीमित भएको छ। शीर्ष स्थानमा रहेको रियलको ३४ खेलबाट ७७ अंक र बार्...

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी तेस्रो स्थानमा उक्लियो

काठमाडौं २४, असार । इङलिस प्रिमियर लिग फुटलबमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा प्यालेसलाई पराजित गर्न चेल्सीका लागि छैठौं मिनेटमा वलिभिर गिरोड, २७ औं मिनेटमा क्रिस्टीयन पुलिस र ७३ औं मिनेटमा टम्मी अब्राहमले गोल गरे। क्रिस्टलका लागि भने ३४ औं मिनेटमा जाहा र ७२ औं मिनेटमा बेन्टेकले गोल गरे। जीतसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लेको छ। गएराति...

टेस्ट क्रिकेट सुरु, वेस्ट इन्डिजले इङ्ल्यान्डको सामना गर्दै

काठमाडौं २४, असार । कोरोना महामारीपछि रोकिएको टेस्ट क्रिकेटको शृङ्खला आज (बुधबार) देखि सुरु हुँदैछ। साउथह्याम्पटनको रोजबल स्टेडियममा हुने पहिलो टेस्टमा वेस्ट इन्डिजले इङ्ल्यान्डको सामना गर्नेछ। खेल हेर्न थोरै मानिसहरूलाई मात्रै रंगशालामा प्रवेश दिनेछ। शृङ्खला तीन टेस्टको हुनेछ। जुन २१ दिनमा सकिने छ। टेस्ट शृङ्खला आयोजककाअनुसार दोस्रो टेस्ट यही जुलाई १६ र तेस्रो टेस्ट जुलाई २४ मा सुरु...

रियलसँगको अंक दूरी घटाउँदै बार्सिलाना

काठमाडौं २२, असार । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले पराजित गरेको छ। खेलको तेस्रो मिनेटमा भिल्लारेका टोरेशले आत्मघाती गोल गर्दै बार्सलाई अग्रता दिलाए। तर, खेलको १४ औं मिनेटमा भिल्लारियलका मोरोनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। २० औं मिनेटमा लुइस सुआरेज, पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यान र खेल सकिन चार मिनेट बाँकी रहँदा अ...

म्यान्चेस्टर सिटीको कीर्तिमान भंग गर्नेतर्फ लिभरपुल उन्मुख

काठमाडौं २२, असार । लिभरपुलले घरेलु मैदानमा एस्टन भिल्लालाई हराएको छ। गएराति भएको खेलमा लिभरपुलले २–० गोल अन्तरले हराएको हो। यससँगै लिभरपुलको १७ औं जीत भएको छ। खेलको दोस्रो हाफमा साडियो माने र कर्टिस जोन्सले भिल्लाविरुद्ध गोल गरे। अब लिभरपुलको ८९ अंक भएको छ। म्यान्चेस्टर सिटीको एक सिजनमा १ सय अंकको कीर्तिमान भत्काउन लिभरपुललाई १२ अंक आवश्यक छ। त्यसका लागि उसले ५ खेल खेल्न पर्ने छ। ...

२० औं जर्मन कपको उपाधि बार्यन म्युनिखलाई

काठमाडौं २१, असार । बार्यन म्युनिखले बायर लेभरक्युजनलाई हराउँदै कीर्तिमानी २० औं जर्मन कप उपाधि जितेको छ। बार्यनको यो १३ औं डोमेस्टिक डबल उपाधि हो। गएराति भएको लेभरक्युजनसँगको उपाधि भिडन्तमा डेभिड अलाबाको फ्रिकिकको मद्दतले बायर्नले अग्रता लियो।त्यसपछि सर्जी ग्नाब्री र लेवान्डोस्कीले १/१ गोल थपे। लेभरक्युजनका लागि भने स्भेन बेन्डरले एक गोल फर्काए। तर, त्यसपछि लेभरक्युजनले थप गोल गर्न सके...

लिग च्याम्पियन लिभरपुलमाथि म्यानचेस्टर सिटीको ४–० को जित

काठमाडौं १९, असार । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। गएराति भएको खेलमा सिटीले लिभरपुललाई ४–० गोलले पराजित गर्याे। केभिन डि ब्रुइनले खेलको २५ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ३५ औं मिनेटमा रहिम स्ट्रलिङ र ४५ औं मिनेटमा फिल फोडेनले गोल गरे।पहिलो हापमा सिटीले ३–० को अग्रता लियो। दोश्रो हाफमा लिभरपुलका अक्सलेड चेम्ब...