स्वास्थ्य बिज्ञ भन्छन्, ‘क्यान्सर नियन्त्रण गर्न सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गरिनुपर्छ ‘

काठमाडौं, २६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने बताएका छन् । बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित ‘सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रिया’ मा बोल्दै सचिव बरालले यस्तो धारणा राखेका हुन् । उनले सुर्...

चिकित्सा शिक्षा आयोग पूर्ण नहुँदा बल्झियो छात्रवृत्ति विवाद

काठमाडौँ, १७ भदौ   । चिकित्सा शिक्षा आयोगको पूर्णतामा ढिलाइ भएपछि चिकित्सा शिक्षामा छात्रवृत्ति र शुल्क व्यवस्थापनको विषय पुनः बल्झिएको छ । एमबिबिएस प्रवेश परीक्षाको सम्मुखमा विद्यार्थीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का चिकित्सा अध्ययन संस्थान र परीक्षा सञ्चालन शाखामा शुरु गरेको तालाबन्दी तोडाउन यस बीचमा भएका वार्ता निष्कर्षविहीन भएका छन् । वार्ता सफल नभएमा यही भदौ २१ गतेदेखि ...

शारीरिक सुगठनमा दाहाल प्रथम

काठमाडौँ, १४ भदौ । ‘हेल्पिङ क्याप’ सामाजिक संस्थाद्वारा आयोजित खुला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा आज आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो तथा ललित धिमाल तेस्रो भए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, रु दुई लाख ५० हजार र रु दुई लाखसहित सम्मान गरियो । दश खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएकाम...

गर्मीमा आँखाको यसरी हेरचाह गर्न सकिन्छ

आँखा मानिसको संवेदनशील अंग हो । यसलाई हामीले जति ध्यान दिनु पर्ने हो नदिएका कारण आँखाको विभिन्न समस्या आउने गर्छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, फोहोर जस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, पोल्ने लगायतका समस्या आँउनका साथै आँखाको दृष्टि नै गुम्न सक्छ । यी स...

थारू समुदायमा छैन ‘छुवाछूत र छाउप्रथा’

बाँके, ११ भदौ । पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै छ । छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटना भइरहेका ...

मौलिक लयमा फर्किदै तीज

अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघ...

शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको र्याली

(Photo by MUNIR UZ ZAMAN / AFP) कुतुपालोङ, बङ्लादेश, ८ भदौ । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरुले बङ्लादेशस्थित शिविरमा ¥याली निकालेका छन् । म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना ¥यालीमा सहभागी भएका हुन् । सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित...

किराती सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा

खोटाङ, २९ साउन  । किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको उच्च जोखिममा परेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्र गर्न फराकिलो बनाएपछि भित्तापट्टिको भाग क्रमशः झर्ने क्रम नरोकिँदा ऐतिहासिकस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा परेको हो । निरन्तर पहिरो झरिरहने तुवाचुङ–जायजुमको तल्लो भेग बर्खेटारमा यस वर्ष गत असार २६ गते राति सडकमा ठूलो चट्टानसहितको पहिरो ...

हेटौँडाको एउटै वडामा ६० लाई डेङ्गु, नियन्त्रण अभियानमा सेना-प्रहरी

हेटौँडा, २९ साउन । हेटौँडामा डेङ्गुले महामारीको रूप लिएको छ । अनियन्त्रण रुपमा डेङ्गु फैलिएपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटिएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिक...

असफल प्रेमले सडकमा पुगेका पूर्व नासु

काठमाडौँ, १९ साउन (रासस) दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा हुनुहुन्थ्यो । उहाँको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो । “धादिङमा सडक विभागको न...