उद्योग वाणिज्य महासङ्घमा अध्यक्षको निर्वाचन नहुने

काठमाडौँ, ४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घले अध्यक्षको निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने सहितको विधान संशोधन गरेको छ । महासङ्घको आज आयोजित विशेष साधारणसभाले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने सहितको विधान संशोधन सर्वसम्मतले पारित गरेको अध्यक्ष पशुपति मुरारकाले राससलाई बताउनुभयो । विधानको यो संशोधनसँगै अब उप्रान्त अध्यक्षको निर्वाचन नहुने र मुलुकभरका प्रतिनिधिबाट...

फूलको प्रदर्शनी हुने

काठमाडौँ, ४ कात्तिक । “रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि” भन्ने मूल नाराकासाथ दसाँै गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु हुने भएको छ । दीपावली तथा छठ पर्वको अवसरमा फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गर्न लागेको उक्त प्रतियोगितात्मक प्रदर्शनी यही कात्तिक १० गते ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु हुने छ । गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले ...

तीन खानी सञ्चालनका लागि सिफारिस

ललितपुर, ४ कात्तिक । लामो समयदेखि सञ्चालन हुन नसकेका तीन ढुङ्गाखानी सञ्चालनका लागि खानी विभागले सिफारिस गरेको छ । ढुङ्गाखानीले दिएको निवेदनका आधारमा प्राविधिक अध्ययन गरेर विभागले सिफारिस सिफारिस गरे पनि जिल्लामा जिल्लास्तरीय खानी विकास समितिले निर्णय नगरेको योजना अधिकृत रामचन्द्र लाम्गादेले बताउनुभयो । उहाँले भन्नुभयो, “यताबाट चिठ्ठी आएपछि पनि जिल्लामा निर्णय गर्न बाँकी छ ।” जिल्लामा एक दशक पहिल...

विदेशी लगानीकर्ता सम्मेलन हुँदै

काठमाडौँ, ४ कात्तिक । सरकारले आगामी मार्च (फागुन–चैत)मा विदेशी लगानीकर्ता सम्मेलनको तयारी गरिरहेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग आज भएको भेटमा औद्योगिक वातावरणका लागि आवश्यक नीतिको तर्जुमा भइरहेको जानकारी दिँदै सम्मेलनमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गर्नुभयो । मन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक...

कृषक महिला : परिचय नै छैन

ललितपुर । टीकाथलीमा एक दशकदेखि तरकारी खेती गर्दै आएकी सपना कार्कीले किसानलाई राज्यले परिचयपत्र दिन्छ भन्ने सुनेकी छिन् । तर, आफूले पाउने–नपाउने थाहा छैन । टीकाथलीमै तरकारी खेती गर्दै आएकी रीतादेवी कार्कीलाई चाहिँ किसानले परिचयपत्र पाउँछन् भन्ने थाहै रहेनछ । अर्काको जग्गामा लामो समयदेखि तरकारी खेती गर्दै आएकी रीतालाई आफ्नो नाममा जमिनै नभएकाले कार्ड (परिचयपत्र) को बारेमा चासो पनि छैन । बाँके बनकटु...

‘सेजमा लगानी गर्न उत्साह बढ्दै’

भैरहवामा संचालनको तयारीमा रहेको मुलुकको एक मात्र विशेष आर्थिक क्षेत्र (स्पेसल ईकोनोमिक जोन, सेज) मा पछिल्लो पटक उद्योग स्थापनाका लागि निजी क्षेत्रबीच ठूलो प्रतिस्पर्धा देखिएको अधिकारीहरुले बताएका छन् । खासगरी व्यवस्थापिका संसदले गत महिना सेज संचालनको विधेयक पारित गरेपछि लगानीकर्ताहरुमा उत्साह देखिएको बताइन्छ। प्रस्ताव सेज संचालनकालागि तयार गरिएको कार्याविधिको आधारमा करिब छ महिना अगाडि उद्योग सं...

नेपाल हाइड्रो डेभलपरले २ लाख ६० हजार कित्ता शेयर जारी गर्ने

काठमाण्डौं, कार्तिक । नेपाल हाइड्रो डेभलपर लिमिटेडले २ लाख ६० हजार कित्ता ९२ करोड ६० लाख रुपैयाँ० शेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पहिलो चरणमा उक्त सेयर जारी गर्न लागेको हो । तिहारलगत्तै सेयर जारी गरिने कम्पनीले जनाएको छ । केहि महिनापछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि तीन लाख ९० हजार कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पन...