सेयर बजार दैनिक ४ घण्टा खोल्ने नेप्सेको निर्णय

काठमाडौं १४, असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार (भोली) देखि सेयर बजार खोल्ने निर्णय गरेको छ। आइतबार (आज) साँझ बसेको सञ्चालक समितिको बैठकले दैनिक ४ घण्टा सेयर बजार खोल्ने निर्णय गरेको हो। सेयर कारोबार बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ। नेपाल धितोपत्र बोर्डले सेयर बजार खुलाउन बजार सञ्चालक नेप्सेलाई निर्देशन दिएको थियो। तर, कुन मोडालिटीमा बजार खोल्ने भन्ने निर्णय नेप्सले नै...

स्रोत नखुलेको १८ लाख रूपैयाँसहित तीन युवक पक्राउ

महोत्तरी १४, असार । स्रोत नखुलेको १८ लाख नेपाली रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको मनराशिस्वा नगरपालिका–२ भलुइ चोक नजिकबाट जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २२ वर्षीय सञ्जयकुमार साह र २७ वर्षीय जयकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। रोहितको साथबाट नौं लाख रूपैयाँ, सञ्जयको साथबाट तीन लाख ५० हजार रूपैयाँ र जयकुमारको साथबाट पाँच लाख ५० हजार रू...

सुनको भाउ हालसम्मकै महङ्गो, तोलामै पुग्यो ९१ हजार

फाइल तस्बिर काठमाडौं ८, असार। सुनको भाउ निरन्तर उकालो लागेको छ। सोमबार नेपाली बजारमा छापावाल सुन तोलामा ९१ हजार रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार यो भाउ हालसम्मकै धेरै हो। तेजावी सुन पनि प्रतितोला ९० हजार पाँच सय रूपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार (हिजो) छापावाल सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार तीन सय रू...

उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा साउनको २६ र २७ गते ललितपुरमा

काठमाडौं ८, असार। निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय भएको छ। आगामी साउन २६ र २७ गते महासंघको ५४ औं साधारणसमा हुने भएको छ। महासंघको पदाधिकारी बैठकले ललितपुरमा साधारणसभा गर्ने निर्णय गरेको हो। ललितपुरस्थित ह्यारिटेज प्लाजामा साधारणसभा हुनेछ। महासंघको कार्यकारिणी समितिको बैठक पनि सोमबार (आज) बस्दैछ। बैठकले पदाधिकारी बैठकले गरेको निर्णयलाई अनु...

जनकपुर – जयनगर रेलमार्ग सञ्चालनको तयारी

काठमाडौँ । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ । कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्...

३ सय विदेशी लिएर पेरिस उड्यो कतार एयरवेज

काठमाण्डौ, २० वैशाख । लकडाउनको कारण नेपालमा रोकिएका विभिन्न मुलुलका ३ सय ९ विदेशी नागरिक लिएर कतार एयरवेजको वाइडबडी फ्रान्सतर्प उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फ्रान्सेली दूतावासले चार्टर गरेको जहाज कतारको दोहा हुँदै पेरिस पुग्नेछ । जहाजमा युरोपेली मुलुक, दक्षिण अफ्रिका, अमेरिका, क्यानाडा इजरायललगायत नागरिक छन् ।२०७६ चैत ११ देखि सरकारले देशभार लकडाउन गरेको छ ।...

कुखुराको चल्ला र दानाको मूल्य बृद्धिकोविरुद्ध किसानहरु आन्दोलनमा उत्रे

काठमाडौं । कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन् । बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो रहेको छ । पीडित कृषकहरुले राष्ट्रिय रुपमै संगठित हुँदै ‘राष्ट्रिय कुखुरा पालक संघर्ष समिति नेपाल’ नै गठन गरी संघर्ष शुरु गरेका हुन् ।मंगलबार राजधानीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभ...

एमसीसी अनुदान ५३ अर्वको विवाद मच्चाउनेहरु ! यता राज्य ढृुकुटीको २९ अर्वडुब्ने अवश्थामा पुगेपनि बेखबर

काठमाडौं । बहुचर्चित एमसीसीको ५३ अर्व अनुदान सहयोगको विषयलाई लिएर उत्पन विवाद सडकदेखि सदनसम्म चल्यो । तर, राज्य ढुकुटीबाट विभिन्न विकासको शीर्षकमा विनियोजित अर्बौ रकम डुब्ने अवश्थामा पुग्दासमेत सरकारवाला निकाय बेखबर छन् । आजको राजधानी दैनिककले यो सम्बन्धी समचार छापेको छ । हेर्नुहोस् । मुलुकको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा राज्यकोषको साढे...

कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ

८ माघ, अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेका छन् । योसँगै कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत कर फिर्ता पाउने भएका पक्का भएको छ । यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा ल्याइएको हो । उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी...

सुपर पावर भर्सेज सुपर डिप्लाेमेसी: MCC

बलदीप चाम्लिङ MCC ले दिएकाे रकम लिने कि नलिने भन्ने विषयमा कसैले बुझेर त कसैले लहैलहैमा लागेर विराेध/ समर्थन गरेकाे पाइयाे ।विराेध गर्नेहरू राजनीतिक पुर्वाग्रह र हाउगुजीकाे सिकार भएकै देखियाे । यसलाई अतिरन्जित बनाउनेहरू चाहिँ बेकामे कम्युनिष्टहरू हुन् । तर वास्तविकता भने थाेरै फरक छ । अनुदान र अन्तर्राष्ट्रिय राजनीति धनी देशले अाफ्नाे वार्षिक बजेटकाे एक सानाे निश्चित हिस्सा गरिव देशकाे लागि अ...