मुलुक गम्भीर संकटमा गयो, नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं : डा. भट्टराई

काठमाडौं ९, साउन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले मुलुक गम्भीर संकटतिर गएको बताएका छन्। उनले लोकतान्त्रिक ढङ्गले संकटमोचन गर्न विकल्प पनि सुझाएका छन्। संसद अधिवेशन बोलाउनेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाइ गर्दै नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्ने र न्यायाधीशमाथि महाअभियोग लगाउनु पर्ने औंल्याएका हुन्। यससँगै भ्रष्टाचार रोक्...

अर्कै केटालाई मन पराएपछि युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ

काठमाडौं ९, साउन । युवतीलाई एसिड प्रहार गरेको अभियोगमा दुई जनालाई प्रहरीले काठमाडौंको डल्लुबाट पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले मोहम्मद आलम र मुन्ना मोहम्मदलाई पक्राउ गरेको हो। पक्राउ परेका मोहम्मद रौतहटको लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका छन्। मुन्ना भने भारतीय नागरिक हुन्। उनी डल्लुमै कालीगढको काम गर्दै आएका छन्। महानगरीय अ...

पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन

काठमाडौं ७, साउन । पुराना कम्युनिस्ट नेता बरमन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ। आन्द्रामा क्यान्सर भएका बुढाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा आज (बुधबार) बिहान निधन भएको हो। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धमा पनि सहभागी बुढा २०४८ सालमा जनमोर्चाबाट सांसद भएका थिए। गाउँमा मुखियाहरूले गर्ने दमन, शोषण र अत्याचारविरुद्ध बुढाले चर्को आवाज उठाएका थिए। त्यसपछ...

आज हल्कादेखि भारी वर्षा हुने

काठमाडौं ७, साउन । देशभर आज मौसम सामान्य बदली भएर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मौसमविद् विभूति पोख्रेलले हिजो–अस्तीभन्दा निक्कै कम पानी पर्ने बताए।केही ठाउँमा भने ठूलो पार्ने पर्ने सम्भावना छ। कम ठाउँमा ठूलो पानी पर्ने भएपनि अन्यन्त्र पनि बाढी पहिरोको जोखिम भने कायमै छ। यसअघि नै माटो गलिसकेकोले विशेषगरी बाढीको भन्दा पहिरोको सम्भावना बढी रहेको मौसमविद् पोख्रेलको भनाई छ। ...

प्रिमियर लिगमा सिटी र भिल्लाको जित

काठमाडौं ७, साउन । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलहरूमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन्। सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले वार्टफोर्डविरुद्ध दुई गोल गरे। फिल फोडेन र एम्रिक लापोर्टेले भने एक÷एक गोल गोल गरे। खेलको ३१ औं मिनेटमा स्टर्लिङले नै सिटीलाई अग्रता दिलाए। ४० औं मिनेटमा पेनाल्टीमार्फत पनि उनैले दोस्रो गोल गरे। त्यसपछि ६३ औं मिनेटमा फोडेन र ६७ औं मिनेटम...

लकडाउन खुल्यो, विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ देखि

काठमाडौं ६, साउन । सरकारले लकडाउन खुला गरेको छ। कोरोना भाइरसको महामारी फैलिएपछि गएको चैत ११ गतेदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गरेको लकडाउन १२० दिनपछि खुला गरेको हो। मङ्गलबार मध्य रातिदेखि लकडाउन खुला हुने छ। गएको जेठ २६ गतेसम्म भने पूर्ण रूपमा लकडाउन कार्यान्वयन गरिएको थियो। तर, त्यसपछि क्रमशः लकडाउनलाई खुला गर्दै सरकारले लगेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा ...

नेकपा स्थायी समिति बैठक आज बस्दै, प्रचण्ड नरम हुन सक्ने

काठमाडौं ६, साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ। बैठकमा पूर्वमाओवादी खेमा लचक हुने देखिएको छ। सोमबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूसँग पार्टीको विवाद र निकाससँगै महाधिवेशनलगायत विषयमा ‘ब्रिफिङ’ गरेका थिए। सो क्रममा स्थायी...

सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च, सतर्कता अपनाउन सुनसरी र सप्तरीका नागरिकलाई आग्रह

काठमाडौं ६, साउन । कोशी ब्यारेज नियन्त्रण कक्षले सप्तकोशी नदीमा पानीको सतहले खतराको तह पार गरेको जनाएको छ। कक्षका अनुसार आज (मङ्गलबार) बिहान ६ बजे मापन गरिँदा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ ।बाढी आएपछि सप्तकोशीमा बहाव उच्च भएको र ५६ वटा ढोकामध्ये ४६ वटा खोलिएको छ। नदीमा पानीको सतह यो वर्षकै उच्च मापन भएपछि बहाव थेग्न नसक्ने भन्दै ब्यारेजका दुईवटै नहर बन्द...

युभेन्टस ‘इटालियन सिरी ए’ को उपाधि नजिक

काठमाडौं ६, साउन । लाजियोलाई २–१ गोलले पराजित गर्दै युभेन्टस ‘इटालियन सिरी ए’ को उपाधि नजिक पुगेको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो एक्लैले दुई गोल गरे । एक गोल भने पेनाल्टीबाट गरेका हुन्। घरेलु मैदानमा भएको खेलको ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे भने खेलको ५४ औँ मिनेटमा रोनाल्डोले गोल थपे। लाजियोका लागि खेलको ८३ औँ मिनेटमा इमोबेलीले पेनाल्टीमार्फत गोल गरे। ज...

यातायात मजदुरहरूको कोरोना बीमा हुने

काठमाडौं ५, साउन । सार्वजनिक यातायातका मजदुरहरूको पनि कोरोना बीमा हुने भएको छ। यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र टे«ड युनियनहरूका प्रतिनिधिबीच भएको छलफलमा मजदुरहरूको कोरोना बीमा गर्ने सहमति भएको हो। बीमा गर्नेबारे भएको सहमतिमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमाल पनि सहभागी थिए। मजदुर नेता तथा नेपाल यातायात स्वत...