काठमाडौं ३ मंसिर । नेपाल आयल निगमको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर २० किलोलिटर डिजल लिएर जाँदै गर्दा सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । ...
Rohit Angbo
प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने कोशिस गर्नेछु : सूर्य थापा
काठमाडौँ ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पु(याउन आफूले सक्दो प्रयास गर्ने बताए । उनले आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका छन् । ...
ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु
जलेश्वर, २५ कात्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो । उहाँका अनुसार जलेश्वर नपा–२ ...