फोनमा कुरा गर्दैगर्दा छतबाट खसेर युवकको मृत्यु

रुपन्देही । फोनमा कुरा गर्दैगर्दा छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो ।आज बिहान साडे २ बजे आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले बताए । ...

पछिल्लो २४ घण्टामा थपिए ३७८ जना कोरोना संक्रमित

काठमाडौं २४ साउन,। पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको पछिल्लो नमुना परिक्षणबाट ३७८ संक्रमणको पुष्टि भएको हो । नेपालमा यससंगै संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । यस मध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भएका छन् । ...

गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चारजनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै घरका पाँच जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिममा पहिरोमा हिजो शुक्रबार साँझ परेको अविरल बर्षाले टाहाटिमस्थित राजु बोटेको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनकी श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । राजु बोटे रोजगारीको लागि भारतमा छन् । अहिले उद्वारको लागि स्थानीयको साथै इलाका प्रहरी कार्य...

१ सय ३० जनामा कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा थप १३० जनामा कोरोना भाइरस थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ६१३ पुगेको छ । कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ७५ छ । डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार १२८ पुगेको छ । ...

मन्त्री अर्यालद्वारा कालिगण्डकी गाउँपालिकामा राहत बितरण

स्याङ्जा, असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गर्नुभएको छ । श्रद्धाञ्जलीसभा कार्यक्रममा गत असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई राहत वितरण गरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे निवा...

साझाले भोलिदेखि २६ वटा बस चलाउने

काठमाडौं ३१ असार । साझा यातायातले भोलीबाट सेवा थाल्ने भएको छ । २६ वटा बसले ८ वटा रुटमा सेवा सुरु गर्ने साझाको व्यवस्थापनले जनाएको छ । कोरोना संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको साझाले उल्लेख गरेको छ । सरकारले तोकेका सबै मापदण्ड पालना गरि बस सञ्चालन गरिने छ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ । ‘...

बलात्कार आरोपमा सशस्त्रका एसएसपी नियन्त्रणमा

काठमाडौं ३१ असार । बलात्कार आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन् । युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । ...

थप १ सय ४४ जनामा कोरोना संक्रमण

काठमाडौं २९ असार । नेपालमा कोरोना भाइरस संक्रमितका संख्या १ सय ४४ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १सय ४४ जनामा सं‌क्रमण देखिएको हो । नेपालमा हालसम्म संक्रमित १६ हजार ९ सय ४५ पुगेको छ । १० हजार २ सय ९४ उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको छ । ...

दुई अध्यक्षबीच निर्णायक छलफल हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी एकताबद्ध बनाउन निर्णायक भनिएको वार्ता शुरु भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको हो ।वार्तामा दूई दुई जना सहयोगी नेताहरुसमेत रहको जनाइएको छ । ओलीकोतर्पबाट विष्णु पौडेल र शंकर पोखरल सहभागी छन भने प्रचण्डको तर्पmबाट बर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेका छन ।यस अघि शुक्रबार भएका छलफ...

कोरोनाका कारण ललितपुरमा एक जनाकाे मृत्यु

काठमाडौं १५ असार । ललितपुरमा कोरोना (कोभिड-१९) संक्रमित एक जनाको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । कोरोना परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । ...