फुटवलमा नेपाललाई स्वर्ण

मंसिर २३, काठमाडौं । १३ औ दक्षिण एसीयाली खेलकुद परिषद अन्तर्गत आज सम्पन्न भएको पुरुष तर्फको फूटवल फाइनल खेलमा आयोजक राष्ट नेपालले भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जित्न सफल भएको छ । आज दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल द्वारा भुटान २–१ ले पराजित भएको हो । भुटान नेपालसंग पराजित भएपछि रजत पदकमै चित्त बुझउनु परेको छ । फूटवलको फाइनल खेल समाप्त संगै जारी १३ दक्षिण एसियाली खेलकुद समाप्त भएको छ ।...

मुग्लिन–पोखरा राजमार्ग सडक स्तरोन्नतीका लागि एकिवीको सहयोग

मंसिर २४, काठमाडौं । सडक पूर्वाधार विकाससहित कृषि परियोजना, खाद्य सुरक्षा तथा बागमती नदी सरसफाइ अभियानसहित चार परियोजनाका लागि एशियाली विकास बैङ्क (एडीबी) ले नेपाल सरकारलाई ३५ करोड डलर (३५८ मिलियन डलर) आर्थिक सहयोग गर्ने भएको छ । मङ्गलबार अर्थमन्त्रालयमा एक कार्यक्रमकाबीच एडीबी र नेपाल सरकारबीच ऋण सम्झौता भएको हो । एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर मुख्खटर खमुडीखानोव र नेपाल सरका...

फुटवल फाइनलको टिकट किन्न गएका सर्वसाधरणमाथि प्रहरीको ज्याजती, घटना वारे छानविन हुने

मंसिर २४, काठमाडौं । मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठीचार्ज गरेको विषयमा नेपाल प्रहरीले छानविन गर्ने भउको छ । दशरथ रङ्गशालामा पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने प्रहरी अधिकारीमाथि छानबिन हुने भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले घटनाको बारेमा भर्खरै...

काठमाडौंमा मगन्ते पेशा अपनाएर बस्नु भएको छ ? तुरुन्त छाड्नुहोस

मंसिर २४, काठमाडौं । के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ? अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामनपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ । मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी...

संसदको हिउँदे अधिवेशन आगामी पुस ४ देखि बोलाउन सिफारिस

मंसिर २४, काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले आउँदो पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । केही समयअघि संसदको हिउँदे अधिवेशन बेलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ । तत्कालीन सभाम...

उपभोक्ता गुनासो मोवाइल एप प्रभावहिन

मंसिर २४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो सुनुवाई गर्न सुरुवात गरेको मोबाईल एप थालनीको दुई महिनामा जम्मा दुई दर्जन मात्र गुनासा परेका छन्। उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार एपबाट आएको उजुरी पनि घटनाकेन्द्रित नभएर समग्र विषय केन्द्रित भएको पाइएको उनले बताए । ‘मासु पसलहरुमा स्वच्छताको समस्या देखिएका छन् हल गर्नु पर्‍यो,...

स्थानीय तह कर्मचारी सरुवा सम्बन्धी सहमती जुट्यो

मंसिर २४, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयक छलफलक्रममा स्थानीय सेवाका कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर सरुवा व्यवस्था गर्न सकिने विषयमा सहमति जुटेको छ । समिति सदस्य रेखा शर्माका ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेश कानुनका आधारमा निश्चित आधार र मापदण्ड बनाई एक ब...

कुहिएको अवस्थामा अढाई बर्षे छोरी र आमाको शव फेला

मंसिर २४, पर्सा । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा कुहिएको अवस्थामा आमा–छोरीको शव फेला परेको छ । मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएको हो । घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादु...

(साग) आज समापन हुँदै, विजोर नम्वर प्लेटको सावारीसाधन संचालनमा रोक

मंसिर २४, काठमाडौं । १३ दक्षिण एशियाली खेलकूद (साग) को आज समापन हुदैछ । समापन कार्यक्रमलाई लक्षित गरी आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ भने जोर नम्बर प्लेटको गाडीलाई मात्रै संचालन अनुती दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध ...

गाडाको राँगासंग जुध्दा गौर मरे

मंसिर २३, झापा । झापाको मेचीनगर नगरपालिका–४ मा सोमवार बिहान राँगोसँग जुध्दा गौर (गौरीगाईको भाले) मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मेचीनगर–४ आलडाँगीमा स्थानीयवासी माइला भुजेलले खेतबाट पराल लिएर आउँदै गरेको राँगा गाढामा रहेको राँगोसँग जुध्दा गौर मरेको हो । डिजिभन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सो गौर झापाको जङ्गलमा नभएको र भारततिरबाट नेपाल आएको बताए । उनले राँगोसँग जुधेको...