अधिकारको लागी मधेसमा हरुवाचरुवाको यात्रा

काठमाडौं। मुक्त घाषणा भएको नौ महिना विती सक्दा पनि अधिकार कागजमा मात्र सिमित भएपछि हरुवाचरुवाको पुर्ण अधिकार प्राप्तिको लागी अधिकारको माग गर्दै अधिकार यात्रामा सप्तरीको सुरुङगा आइपुगेको छ। वीरगन्ज र राजविराजबाट एकसाथ अधिकार यात्रामा राजविराज देखि शम्भुनाथ, कदमाह चोक, लहान, बस्तीपुर, सकुवानानकरपटिट, गालबजार, बरियापटटी, औरही, सिराहा, गणेशमान चारजाथ, सहिदनगर हुदै यात्रा चैत्र २८ मा जनकपूर पुगेर समापन हुने छ। त्ससरी नै वीरगन्जबाट यात्रा गर्ने टोली बहुदरमाई, जितपुर कलैया, करैयामाइ, कोल्भी, बलचनपुर, गरुवा, गौर, मलंगवा, ब्रहमापुर जलेवर हुदै अन्तिम दिन जनकपुर आइपुग्ने छ।
तत्कालिन प्रधान मन्त्री देउवाले गत साउन २ गते नेपालमा बँधुवा श्रम प्रथाको रुपमा रहेको हरुवाचरुवा चलन मुक्त घोषणा गरेका थिए। मधेस प्रदेशमा ८ जिल्ला लगायत अन्य मधेश क्षेत्रहरुमा अझै यो प्रथा रहँदै आएको छ।
छ बुँदे मागसहित अधिकार यात्रामा जस अन्तर्गत मन्त्रीपरिषदबाट अभिलम्व कार्ययोजना र कार्यविधिसहित प्रत्येक परिवारलाई न्युनतम १० कटठा जमिन उपलब्ध गराउने, रोजगारविहिनलाई ३ देखि ६ महिना दिर्घकालिन प्रकारको सिपको व्यवस्था, एक लाखको विउपूँजी र आवस्यक रोजगार, सडक, विजुली, खानेपानी, शिक्षा–स्वास्थ्य जस्था न्युन्यतम भौतिक पुर्वाधारसहित एकिकृत प्याकेजको बहुआयामिक गरीवी निवारणसहित माग राखेका छन्।

Published On: Time : 17:48:59

तपाईको प्रतिक्रिया