विश्व नेताहरु बेइजिङमा ताँती

काठमाण्डौ। नेटो र रुँसको टकरावबाट रसिया युक्रेन लडाइबाट विश्व आर्थिक मन्दीले विश्व थलिए संगै विश्वका शक्ति राष्ट्रहरु का राष्ट्र प्रमुखहरु बेइजिङमा ताँती लाग्न थालेका छन्। यी ताँती लाग्ने कारणहरु यो अडकल सजिलै लगाउन सकिन्छ कि यो भरखर चिन र रुसको विश्व व्यवस्थामा अब आउने उथलपुथललाई सम्बोधन गर्ने गरी भएका दुरगामी संझौताहरुको प्रतिविम्व हो। भरखर सिंगापुरका प्रधानमन्त्री र चिनियाँ समकक्षी विच व्यापार, कुटनिति र सुरक्षा सबै कोणबाट द्धिपक्षिय संझौता हुनु, फ्रासको राष्ट्र प्रमुख इमानुयल म्याक्रोन र युरोपियन कमिसन प्रमुख उर्जुला झोन टेर क्रमस ताँती लाग्नुले अब निकट भविस्यमा बेइजिङ वासिङटन डि सी बाट विश्व ढिकुटी सर्दै छ भन्ने सजिलै अन्दाज गर्न सकिन्छ। यसको प्रमुख कारण दिडलराइजेसन हो जहाँ डलर एकछत्र राज अब संसारमा रहन्न भन्ने संकेत विश्वका नेताहरुले दिइरहेका छन। यो क्रम अब आउने दिनमा अझ वृद्धि हुने देखिन्छ।

Published On: Time : 16:15:01

तपाईको प्रतिक्रिया