ताप्लेजुङमा औद्योगिक मेला

काठमाण्डा्रै। पूर्वी जिल्लाको प्रशिद्ध पर्यटकिय स्थल ताप्लेजुङमा स्थानिय स्तरमा उत्पादित कृषिजन्य वस्तुको पहिचान तथा प्रर्बद्धनको लागी ताप्लेजुङमा ओद्योगिक कृषि तथा पर्यटन मेला आयोजना भइरहेको छ। सो मेला चैत्र २१ देखि २५ संम सन्चालन भइरहेको छ। मेलाको मूख्य प्रर्बद्धकहरुमा नेपाल पर्यटन बोर्ड, फुङलिङ नगरपालिकासहित ताप्लेजुङको सबै स्थानिय तह रहने घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले जानकारी दिएका छन्।
सो मेलामा परम्परागत पेशा व्यवसायको प्रत्यक्ष अवलोकन, मौलिक खाद्य महोत्सव, अन्तराष्ट्रिय कन्चनजंघा फोटो प्रदर्शनी, ताप्लेजुङका पर्यटकिय गन्तव्यको जानकारी र कृषि, पशु तथा जडिबुटीजन्य उत्पादनको प्रदर्शनी भइरहेको छ। साथै मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागितामा सांस्कृतिक तथा सांगितिक कार्यक्रम पनि भईरहेको छ।
सो कार्यक्रममा स्थानिय हस्तकला सिपलाई प्रबर्धन गर्न डोको र टपरी बुन्ने पुरस्कार सहितको प्रतियोगिता र साहित्यीक प्रतियोगिता पनि संचालन भइरहेको छ।

Published On: Time : 17:57:03

तपाईको प्रतिक्रिया