साँबा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन

१९ चैत्र, २०७९ काठमाण्डौ। पूर्वी नेपालको प्रदेश एक अन्तर्गत ताप्लेजुङ मिक्वाखोला–४, साँबा स्थानमा अनादी कालबाट नेपालको आदिबासी जनजातिमा सुचिकृत साँबा वंशका लिङथाङमा माङगेना यक र दुङदुङगे कुल देवता मान्ने संपूर्ण साँबा वंशको आगामी चैत्र २६ देखि २९ गते भव्य रुपमा साँबा मिङस्रा संचुम्भोको ”एकता, उथान र पहिचान, साँबा मिङस्रा संचुम्भोको दोस्रो महाधिवेशन” भन्ने नाराकासाथ साँबा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो राष्ट्रिय महाधिवेशन गरेर संपूर्ण साँबा वंशहरुको प्रतिनिधित्व हुने गरी सक्षक केन्द्रिय कार्य समिति चयन गर्ने छ। साथै सो अवसरमा सामुहिम दुङदुङगे अनुष्ठान पूजा, तापथेङ वदेङ(माङहुक्वा वादेम्मा), साक्मुरा–खेङघारा(माङदे–हाङदे) र तुम्याहाङ तङसिङ पनि सामुहिक रुपमा संपन्न गर्ने साँबा मिङस्रा संचुम्भो केन्द्रिय आयोजक समितिले जानकारी दिएको छ। सो देहायबमोजिम कार्यक्रम साँबा वंशहरुको थातथलो माङगेना यक स्थल लिङथाङमा मा आयोजना गरीने पनि आयोजकले जानकारी दिएको छ।
सो भेलाले केन्द्रिय अधिवेशन मात्र नगर्ने भएर संपुर्ण साँबा वंशहरु देश विदेशमा छरिएर बसेका ३ हजार भन्दा बढी घर धुढीहरु एउटै छातामुनी एकत्रित गर्ने र एक आपसमा भाईचारा अभिवृद्धि गर्ने पनि जनाएको छ। साथै यस भेलाले किरात लिम्बुको परम्परागत संस्कृतिहरु धान नाच, हाक्पारे, के–लाङ र येवा र साम्वा नाचसहित मुन्धुमको पनि संबर्धन गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ।

 

Published On: Time : 17:04:01

तपाईको प्रतिक्रिया