उत्तर छिमेकीको हरियो बत्ति

 

काठमाण्डौ, १९ चैत्र, २०७९। उत्तर छिमेकी चिनले कोरोना लगायतको कारणहरु देखाउदै लामो समयदेखि नाका बन्द राखेकोमा केहि समय अगाडि रसुवागढी नाका खुल्ला गरे संगै खाउने सालको वैसाख १८ बाट नेपालसंगको थप दुई व्यापारिक नाकाहरु ततोपानी र हिल्सा पनि खुल्ला गर्ने भएको छ। चैत्र १५ मा तिब्बतको ल्हालामा बसेको नेपाल चिन सीमा व्यापार संयन्त्रको पहिलो बैठकले नाका खुल्ला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उत्तरी हिमालपारीको नाका सुचारु संगै दक्षिण भारततिरबाट हुने अध्याधिक व्यापार घाटालाई केहि प्रतिशत भए पनि संतुलन गर्ने छ।

Published On: Time : 15:49:16

तपाईको प्रतिक्रिया