नयाँ प्रशिक्षणमा नेपालले बाजी मार्यो

शुक्रबार, १७, २०७९, काठमाण्डौ। आज संपन्न पधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले लाओसलाई एक को विरुद्ध दुई गोलले पराजित गर्दै नेपालले उपाधि हात पार्यो। खेल नेपालको घरेलु मैदान दशरथ रंगशालामा संपन्न भएको थियो। सो खेलको क्रममा पाहुना टोलीले फ्योथाभोङ साङभिलेले खेलको सत्रौ मिनेटमा अग्रता लिएपनि यो अग्रता लामो समयसंम जोगाउन सकेन। नेपालले खेलको चौविसौं मिनेटमा आयुस घलानको आकर्षक गोलमा खेल बराबरी बनाए। त्यसपछि खेल निकै प्रतिस्पर्धात्मक अवस्थाबाट अगाडी बढयो तर नेपालले दोस्रो हाफको सताइसौं मिनेटमा मनिस डाँगीको गोलमा अग्रता बनायो र पाहुना टोली लाओसले अन्तिम समयसंम गोल गर्ने प्रयास गरे पनि असफल भए पछि नेपालले खेल एक का विरुद्ध दुई गोलले पधानमन्त्री थ्री नेसन्स कप माथी विजय प्राप्त गर्यो। यो विजय नेपाल फुटबल टिमले नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसको प्रशिक्षकमा संभव भएको हो। भुटान भने लिग चरणबाट नै बाहिरी सकेको छ।

 

Published On: Time : 20:14:56

तपाईको प्रतिक्रिया