फाल्गुन, काठमाण्डौ ।
सिरीजंघा र कञ्चनजंघा सम्बन्धी वृतचित्र लोकार्पण हुने भएको छ । सिरीजंगा गाँउकार्यपालिकाको आयोजना र सिरीजंगा सरोकार समाजको सहआयोजनामा हुन गईरहेको कार्यक्रम फाल्गुन ८ गते दिउसो १ बजे राष्ट्रिय नाचघर जमल काठमाण्डौमा हुने भएको छ । उक्त लोकार्पण कार्यक्रम माननीय संस्कृति, पर्यटन तथा नागरीक उडड्यन मन्त्री सुदन किरातीले उद्घाटन गर्नुहुने कुरा सिरीजंगा गाँउपालिकाका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो । उनका अनुसार उक्त वृतचित्र सिरीजंगा गाँउपालिकाको विविध आयामहरु संस्कृति, पहिचान, सामाजिक आर्थिक, पर्यटकीय संभावनाहरुलाई समेटेर निर्माण गरीएको छ । साथै कञ्चनजंघा पर्यटन प्रबर्दन हुने र पहिचान विश्वसामु थप उजागर हुने बताउनु भयो ।