माघ ६, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीहरुका जिम्मेवारी तोकेका छन् । शुक्रबार मन्त्रीपरिषद्को बैठकले ४ वटा मन्त्रालयहरु खारेज गरे सँगैं मन्त्रीहरुलाई जिम्मेवारी तोकेका हुन् ।
तिलकुमार मेन्याङबोले खानेपानी, सिंचाई, उर्जा मन्त्रालय र दुर्गाप्रसाद चापागाई(सचिन) ले सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालय पाएका छन् भने त्यसैगरी जिवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय र बुद्घिराज भण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन् । जसपाकी निर्मला तावा लिम्बुले स्वास्थ्य मन्त्रालय र राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाएका छन् । मुख्यमन्त्री कार्कीले आन्तरीक मामीला, कानुनका साथै आर्थीक मामीला र योजना मन्त्रालय आफै राखेका छन् ।