काठमाण्डौ ।
बालिका बलात्कार आरोप लागेका नायक पल शाह लाई जिल्ला अदालत तनहुँले सफाई दिएको छ । मंगलबार जिल्ला अदालतका न्यायधीश कमलप्रसाद आचार्यको इजलाशले सफाई दिएको हो । बलात्कारको अभियोगमा दावी नपुगेकोले सफाई दिएको भन्ने बुझिएको छ ,।
तर उनी जेल मुक्त भने हुने छैनन् । यसअघि उनलाई नवलपुर जिल्ला अदालतले बालयौन दुराचारको आरोपमा दोषि ठहर गरी २ वर्ष ६ महिना कैद र १० लाख रुपैया जरीवाना तोकेको थीयो ।