राष्ट्रिय वाणिज्य बैंकको १२.५० प्रतिशत लाभांश

पौष २८, काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारणसभाबाट १२.५० प्रतिशत लाभांश (नगद ७.५ र बोनस सेयर ५) प्रस्ताव पारित भएको छ । यो सेयर बोनस वितरणपछि बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । राष्ट्रिय वाणिज्य बैंकले बजार चाहाना अनुसार सेवा प्रवाह गर्दै आईराखेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष बलराम पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप सेवा प्रवाहलाई थप परिस्कृत गर्दै लैजाने बताए । बैंकका ७७ जिल्लाका सबै सदरमुकाममा शाखा कार्यालय सञ्चालनमा छन् । देशभर कुल २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित सेवा सञ्चालनमा छन् ।

Published On: Time : 22:31:40

तपाईको प्रतिक्रिया