पौष २८, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछाने लाई २० लाख रुपैया धरौटि लीएर थुनामक्त गर्न उच्च अदालत पाटनका न्यायधिशद्वय रमेश ढकाल र धु्रबराज नन्दको संयुक्त इजलासले आदेश दिएको छ । तर उनका गतिबिधिलाई निगरानी गरीनेछ । अदालतका आदेश अनुसार काठमाण्डौ उपत्यका छाड्न समेत प्रशासनको अनुमति लिनुपर्नेछ भने विदेश जान प्रतिबन्ध गरीएको छ । लामिछानेले कुनैपनि बहाना वा सम्पर्कसुत्रबाट पिडितको परिवारसँग सम्पर्क गर्न पाउने छैनन् । सन्दीप लामिछाने एक नाबालिकालाई बलत्कार गरेको अभियोगमा पुर्पुक्षका लागी अदालतले जेल पठाएको थीयो भने सन्दीपको मुद्दा काठमाण्डौ जिल्ला अदालतमा बिचाराधिन अवश्थामा रहेको छ ।